२७ माघ, गोरखा । १२ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–४ आरुबोटेका ६० बर्षिय रमेश पोखरेल रहेका छन् ।
माघ २० गते साँझ ललाई–फकाई आफ्नो घरको कोठामा लगेर पोखरेलले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । गत पुष ३० गते पनि उनले बालिकालाई घरमा लागेर जवरजस्ती गरेको अनुसन्धानबाट खुल्न आएको डिएसपी लिलाराज लामिछानेले बताए ।
बिहीवार पक्राउ परेका पोखरेल बिरुद्ध जवरजस्ती करणी शिर्षकमा मुद्धा दर्ता गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































