Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

वडाध्यक्षको एकल निर्णयले मतदान केन्द्र सार्न सिफारिस गरेको भन्दै स्थानीयको बिरोध

२७ माघ, गोरखा । गोरखा नगरपालिका–११ मा रहेको चन्द्रज्योती आधारभूत विद्यालयको मतदान केन्द्र अन्यत्र सार्न सिफारिस गरेपछि स्थानीयले बिरोध गरेका छन् । आफूहरुसँग आवश्यक छलफल नगरी वडाध्यक्षले गरेको एकल निर्णयको आधारमा केन्द्र सार्न सिफारिस गरेको भन्दै उनीहरुले बिरोध जनाएका हुन् ।

Advertisement

हाल रहेका मतदान केन्द्रहरु पायक नपर्ने भएमा उपयुक्त स्थान सिफारिस गर्न भन्दै माघ १३ गते जिल्ला निर्वाचन कार्यालयले सबै पालिकालाई पत्राचार गरेको थियो । सोही पत्राचारको आधारमा गोरखा नगरपालिकाले वडा नम्वर ११ स्थित चन्द्रज्योती आधारभूत बिद्यालयको मतदान केन्द्र वडा कार्यालयको भवनमा सार्न सिफारिस ग¥यो । तर वडाध्यक्षको एकल निर्णयको आधारमा स्थान सिफारिस गरेको भन्दै स्थानीयहरुले असन्तुष्टी जनाएका छन् ।

‘मतदान केन्द्र सार्नका लागी सर्वपक्षिय भेला गरेर निर्णय गर्नुपथ्र्याे,’ स्थानीय अनिल कुवँरले भने, ‘तर यहाँ वडाध्यक्ष एक्लैले निर्णय गरेर पठाए, त्यसकै आधारमा नगरपालिकाले सिफारिस ग¥यो ।’ विधि र प्रक्रिया अनुसार मतदान केन्द्रको स्थान सिफारिस गर्नुपर्ने उनको माग छ ।
स्थान सिफारिसका लागी वडाध्यक्षले आफूहरुसँग समेत छलफल नगरेको वडा सदस्यहरुको गुनासो छ ।

‘वडाध्यक्षले वडा कार्यसमितिको बैठक पनि राख्नुभएन, आफू एक्लैले निर्णय गरेर पठाउनुभएछ,’ वडा सदस्य अप्सरा रेग्मी नेपालीले भनिन्, ‘मतदान केन्द्र सिफारिस गरिएको भनेर समाचार आएपछि मात्र हामीले थाहा पायौ ।’

मतदान केन्द्र हेरफेरको निर्णय स्थगित गरिदिन माग गर्दै वडा सदस्यहरुले जिल्ला निर्वाचन कार्यालयमा निवदेन बुझाएका छन् । वडा कार्यसमितिको समेत सहमति नभएकाले निर्णय स्थगित गर्न माग गरिएको निवेदनमा उल्लेख छ ।

स्थानीय तथा राजनितिक दलका वडा प्रतिनिधिहरुले समेत असन्तुष्टी जनाएका छन् । मतदान केन्द्र सिफारिस प्रक्रिया स्थगित गर्न माग गर्दै उनीहरुले निर्वाचन आयोगलाई पत्र समेत बुझाएका छन् ।

यसबारे वडाध्यक्ष राम बहादुर खड्कासँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।

 

शुक्रबार, माघ २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.