Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा क्याम्पस प्रमुखमाथि भएको कुटपिटको चौतर्फी भत्सर्ना

"दोषीलाई कारवाहीको माग "

२ फागुन, गोरखा । द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि भएको कुटपिटको घटनाप्रति स्वतन्त्र बिद्यार्थी यूनियनले भत्सर्ना गरेको छ । घटना पश्चात बिज्ञप्ती जारी गर्दै स्ववियूले घटनामा संलग्नलाई कारवाहीको माग गरेको छ ।

Advertisement

अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइ अध्यक्ष अनिस अर्यालको नेतृत्वमा आएका केही युवाहरु गोरखा नगरपालिकाको सरकारी मोटरसाइकल समेत प्रयोग गरी गुण्डागर्दी शैलीमा क्याम्पस हाताभित्र प्रवेश गरेको र क्याम्पससँग असम्बन्धित बिषयलाई लिएर क्याम्पस प्रमुखमाथि हातपात तथा दुव्र्यवहार गरेको भन्दै उनीहरुले बिरोध जनाएका हुन् ।

दोषीलाई कारवाहीको माग गर्दै स्ववियूले घटनामा संलग्नहरुलाई कुनै राजनीतिक दलको संरक्षण गरिएमा बिद्यार्थीहरु बिरोधमा उत्रिने चेतावनी समेत दिएको छ ।

उक्त घटनाको क्याम्पसका कर्मचारी संघ र पब्लिक क्याम्पस प्राध्यापक संघले पनि भत्सर्ना गरेका छन् । संयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै उनीहरुले घटनामा संलग्नलाई अविलम्व कानूनी कारवाही गर्न माग गरेका छन् । ‘लोकतन्त्रको सुन्दर पक्षको रुपमा अभिव्यक्ति स्वतन्त्रता संविधानले व्यवस्था गरेको भए तापनि यस्ता अमानवीय र अपमानजनक व्यवहारले कानुन र लोकतन्त्रकै खिल्ली उडाएको छ,’ बिज्ञप्तीमा भनिएको छ, ‘क्याम्पस प्रमुख भए तापनि वहाँको व्यक्तिगत बिषयलाई लिएर शिक्षाको मन्दिर क्याम्पसमा नै अराजक घटना गराउने र शैक्षिक वातावरण नै बिगार्ने काम निन्दनीय छ ।’

समस्या समाधान र कानुनी उपचारका अन्य उपायको ख्याल नै नगरी व्यक्तिगत रुपमा सामाजिक सञ्जालमा उल्लेख गरिएको बिषयलाई लिएर क्याम्पस प्रमुखमाथि हातपात तथा तोडफोडका घटनाले प्राध्यापक कर्मचारीको मनोवल गिराउने काम भएको र यसले सुरक्षा चुनौती थपिएको उनीहरुले बताएका छन् । दोषीलाई संरक्षण प्रदान गरी प्रोत्साहन गरेमा बिरोधका कार्यक्रम गर्ने चेतावनी उनीहरुले दिएका छन् । घटनाको बिरोध गर्दै उनीहरुले आज क्याम्पसको पठनपाठन समेत ठप्प बनाएका छन् ।

जनयुद्धको सन्दर्भलाई जोड्दै दुवाडीले सामाजिक संजालमा पोष्ट गरेको अभिव्यक्तिलाई लिएर अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइका बिद्यार्थीहरुले मंगलवार बिहान उनीमाथि हातपात गरेका थिए । उनीहरुले प्रमुखको कार्यकक्षमा रहेको टेवल समेत तोडफोड गरेका थिए ।

नेपाल बिद्यार्थी संघले पनि घटनाको बिरोध गर्दै दोषीलाई कारवाहीको माग गरेको छ । बिज्ञप्ती जारी गर्दै क्याम्पसमा सुरक्षाको प्रत्याभूती दिलाउन समेत माग गरेको छ ।

मङ्गलबार, फागुन ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.