३ फागुन, गोरखा । काठमाण्डौको गोगंबुमा सोमवार यातायात व्यवसायीको आन्दोलनको क्रममा मोवाइल पसलमा भएको लुटपाटको जिल्लाका मोवाइल व्यवसायीहरुले बिरोध गरेका छन् ।
मोवाइल व्यवसायी महासंघ गोरखाको आयोजनामा बुधवार कोण सभा गरिएको छ । हरमटारीचोकमा भएको कोण सभालाई सम्बोधन गर्दै महासंघका जिल्ला अध्यक्ष सुमन कार्कीले घटनामा संलग्नलाई कारवाही माग गरेका छन् ।
उचित क्षतिपूर्ति सहित व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने माग उनीहरुको छ । कोणसभा अघि उनीहरुले बसपार्कदेखि हरमटारीचोकसम्म बिरोध ¥याली समेत गरेका थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































