६ फागुन, गोरखा । नेपाल पत्रकार महासंघ गोरखा शाखाको भवन निर्माणार्थ गोरखा नगरपालिका–६ पाटेचौरकी शिवकुमारी भण्डारीले आर्थिक सहयोग गरेकी छन् । ८३ बर्षिया भण्डारीले नगद १० हजार ५५ रुपैया सहयोग गरेकी हुन् ।
स्वर्गिय पति सोमबहादुर भण्डारीको स्मृतिमा रकम सहयोग गरेको उनले बताइन् । उनकी छोरी शुशिला भण्डारीले शनिवार उक्त रकम पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटालाई हस्तान्तरण गरेकी छन् ।
गोरखा नगरपालिका–८ नगरपालिका जाने सडक नजिकै महासंघको भवन निर्माण भइरहेको छ । भवन निर्माणका लागी गण्डकी प्रदेश सरकार, गोरखा नगरपालिका, शहिद लखन, चुमनुव्री र धार्चे गाउँपालिकाले आर्थिक सहयोग गरेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































