Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

मामा भान्जाको ड्रागन फ्रुट फलाउने हुटहुटी

"शुरुमा कहाँको पागल आएर सिउँढी लगाएछ भने "

७ फागुन, गोरखा । वायो ग्यास र सोलार सम्बन्धी काममा करिव एक दशक विताए । भूकम्पपछिको समय गैरसरकारी संस्थामा व्यतित गरे । राजनीतिमा पनि संक्रिय नै थिए । अन्ततः यी सबै क्षेत्रलाई बिट मार्दै सिरानचोक गाउँपालिका–७ गोहोरेका ज्ञानप्रसाद ढकाल अहिले ड्रागन फ्रुट खेतीमा रमाउन थालेका छन् ।

Advertisement

गोरखा नगरपालिका–१२ लुदीखोला स्थित बेलबोटेको करिव ६२ रोपनी बाँझो जमिनमा उनले ड्रागन फ्रुटको व्यवसायिक खेती शुरु गरेका छन् । उनलाई आफ्नौ भान्जा चुडामणी पोखरेलले साथ दिएका छन् । वनमासा फाँडेर एक बर्ष अघिबाट खेती शुरु गरिएको ढकाल बताउछन् ।

‘पहिले खेती हुने जग्गा रहेछ, लामो समय बाँझो भएकाले वनमासाको घारी थियो,’ उनले भने, ‘सबै वनमासा फाँडेर ड्रागन फ्रुट खेती शुरु ग¥यौ ।’ २०७७ सालमा गोरखा हिमालयन नेक्टर प्लस प्रालि दर्ता गरेर २०७८ जेठमा खेती शुरु गरेको उनले जानकारी दिए । इटहरीबाट ल्याइएको ‘सि भेराइटी’ को करिव ६२ सय विरुवा सो क्षेत्रमा लगाइएको छ । २ सय १० रुपैयाका दरले विरुवा खरिद गरिएको ढकाल बताउछन् ।

विरुवाका लागी ३१ सय पोल गाडिएका छन् । एउटा पोलमा दुई वटा विरुवा लगाइएको छ । केहीले उत्पादन शुरु गरिसक्यो, केही विरुवा हुर्कदै छन् । हालसम्म तीन सय क्विन्टल फ्रुट उत्पादन भएर बिक्री भइसकेको ढकाल बताउछन् । ‘खासमा बिरुवा लगाएको तीन बर्षमा बल्ल राम्रोसँग उत्पादन हुन थाल्छ,’ उनले भने, ‘एउटा बोट हुर्केपछि त्यसले कम्तिमा २० बर्षसम्म उत्पादन दिन्छ ।’ बजार माग बढी भएकाले ड्रागन फ्रुटको खेती शुरु गरेको उनको भनाइ छ ।

ड्रागन फ्रुट खेती गर्ने हुटहुटी जागेपछि उनले इन्टरनेटको सहायता लिए । पूर्वमन्त्री लोकेन्द्र बिष्टले गरेको खेतीबाट प्रभावित बनेका उनी बिष्टको फर्म अवलोकनमा समेत गए । फर्केर प्राविधिकबाट लुदी खोला करिडोरको माटो परिक्षण गराए । खेतीका लागी उपयुक्त देखिएपछि ६२ रोपनी जग्गा किनेर ड्रागन फ्रुटको खेती शुरु गरे । प्रति रोपनी १ लाख ९० हजारमा जग्गा खरिद गरेको ढकालले जानकारी दिए ।

उनका अनुसार हालसम्म तीन करोडभन्दा बढी लगानी भइसकेको छ । कम्पाउण्डिङमा मात्रै २५ लाख खर्च भएको छ । ६० लाख खर्चेर तीन वटा भवन बनेका छन् । एउटा गोदाम र अन्य कर्मचारी र आफ्नो वासस्थानको लागी रहेको ढकालले जानकारी दिए । हाल तीन जना स्थायी कामदार छन् । आवश्यकताको आधारमा अन्य कामदारको व्यवस्था गर्ने गरेको उनी बताउछन् ।

उत्पादीत फ्रुटको मुख्य बजार काठमाण्डौ बनाइएको छ । माग बढी भएकाले बजारको समस्या नहुने तर्क गर्दै ढकाल भन्छन्, ‘नेपालको उत्पादनले माग धान्न सकेको छैन, अहिले भेटनाम भारत लगायतका देशबाट आयात हुन्छ, तर यहाँको जस्तो स्वादिलो र मिठो हुदैन ।’ हाल बजार मूल्य प्रति केजी ८ सयसम्म रहेको उनले जानकारी गराए ।

बैकबाट करिव दुई करोड ऋण लिएर खेती शुरु गरेका उनीहरु खेती बिस्तार गर्ने तयारीमा छन् । १२ सय पोल थपेर विरुवा रोप्ने तयारी भइरहेको ढकालले बताए । भविष्यमा जुस फ्याक्ट्री खोल्ने योजना समेत रहेको उनले सुनाए । एक बर्षमा करिव डेढ करोड आम्दानी गर्ने अपेक्षा उनीहरुको छ ।

जिल्लाका अन्य क्षेत्रमा पनि ड्रागन फ्रुट खेती गरेपनि यतिधेरै क्षेत्रफलमा खेती गर्ने आफूहरु पहिलो रहेको ढकाल दावी गर्छन् । ‘जिल्लाका अन्य ठाउँ भएको खेती थोरै क्षेत्रफलमा छ, यति धेरै क्षेत्रफलमा खेती शुरु गर्ने हामी नै पहिलो हो,’ उनले भने, ‘खेती गर्दा शुरुमा यहाँका स्थानीयले कहाँको पागल आएर सिउँढी लगाएर बसेको छ भनेका थिए ।’

आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.