७ फागुन, गोरखा । प्रजातन्त्र दिवसको अवसरमा भएको जिल्ला स्तरिय अपाङ्गमैत्री खुल्ला वक्तृत्वकला प्रतियोगीतामा आरुघाट गाउँपालिका पाखुरेका लिल बहादुर गुरुङ पहिलो भएका छन् ।
गोरखा नगरपालिकाको आर्थिक सहयोगमा लियो क्लब अफ गोरखाले गरेको प्रतियोगीतामा गोरखा नगरपालिका आहालेकी लक्ष्मी श्रेष्ठ दोस्रो, भीमसेन थापा गाउँपालिकाका केशव लामिछाने तेस्रो भएका छन् । उनीहरुले क्रमश दश हजार, आठ हजार र छ हजार नगद पुरस्कारको साथम मेडल र प्रमाणपत्र पाएका छन् ।
क्लबका अध्यक्ष बालकृष्ण परियारको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापा मगरको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा अपाङ्ग संघ गोरखाका अध्यक्ष अमर गुरुङ, लायन्स क्लब अफ गोरखाका श्यामबाबु श्रेष्ठ, लक्ष्मण आचार्य, रिता रेग्मी, यदु प्रसाद अधिकारी, लियो क्लबका यम बसेल लगायतको सहभागीता रहेको थियो ।
लियो क्लबको ३५ औ स्थापना दिवसको सन्दर्भ समेत पारेर प्रतियोगीता गरिएको क्लबका अध्यक्ष परियारले जानकारी दिए ।



































