८ फागुन, गोरखा । जिल्ला स्तरिय खुल्ला सुस्त गतिमा मोटरसाइकल चलाउने प्रतियोगीतामा आशिष कुमार भट्ट पहिलो भएका छन् ।
स्थापना दिवसको सन्दर्भ पारेर लियो क्लब अफ गोरखाले आयोजना गरेको प्रतियोगीतामा जित बहादुर थापा दोस्रो, किशोर डिस्वा तेस्रो भएका छन् ।
प्रतियोगीतामा प्रथम हुनेले पुरस्कार स्वरुप ट्रफि र हेलमेटको साथमा मेडल, दोस्रो हुनेले हेलमेट र मेडल तथा तेस्रो हुनेले हेलमेट र बाईक कभर पाएका छन् । ‘तिब्र गति जिबनको क्षति’ भन्ने मूल नाराका साथ सम्पन्न प्रतियोगीतामा ३० जना सहभागी थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































