२१ फागुन, गोरखा । नेपाल कराँते महासंघ गोरखा शाखा गठन भएको छ । आइतवार भएको भेलाले राम बहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
जसको उपाध्यक्षमा अमृत श्रेष्ठ, सचिवमा सन्देश राना मगर, सह–सचिवमा अमृता गुरुङ र कोषाध्यक्षमा बुद्ध लामा चयन भएका छन् । सदस्यहरुमा अनिता घले, सक्षम लामा, बमिन गुरुङ, गणेश बहादुर गुरुङ, पदम गुरुङ, सोम बहादुर थापा मगर, जुना बिक, मैते गुरुङ, जितु सुनुवार र कविता घले रहेका छन् ।
सल्लाहकारमा कृष्ण मान सिं बस्नेत (शान्तसिं बस्नेत), पञ्च राई, कृष्ण गुरुङ र बिष्णु राना मगर चयन भएका छन् । नेपाल सितेरियो कराँते खेलका प्रशिक्षक समेत रहेका ग्याम्जो लामा संरक्षकमा मनोनित भएका छन् ।
भेलाले यही फागुन २६ र २७ गते पोखरामा हुने गण्डकी प्रदेशको अधिवेशनका लागी ग्याम्जो लामा, बुद्ध लामा, अमृता गुरुङ र राम बहादुर थापालाई प्रतिनिधिको रुपमा पठाउने निर्णय समेत गरेको छ । कार्यक्रममा रेफ्रि समिति गण्डकी प्रदेशका सचिव मनिराम थापा मगरको पनि सहभागीता रहेको थियो ।



































