Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

प्रधानमन्त्रीद्धारा पन्थडिही कटहरे हर्मी साहिलटार सडक शिलान्यास

७ चैत्र, गोरखा । पन्थडिही कटहरे हर्मी साहिलटार सडक स्तरोन्नति योजनाको शिलान्यास गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलवार एक कार्यक्रमका बिच योजनाको शिलान्यास गरेका हुन् ।

Advertisement

करिव २१ किलोमिटर सडक कालोपत्रेको जिम्मा वूड हिल लामा जेभी कन्स्ट्रक्सनले पाएको छ । ३० महिनामा काम सक्ने गरी २०७९ फागुन ११ गते सम्झौता भएको सडक सुधार आयोजना निर्देशनालयका निर्देशक ज्ञानेन्द्र कुमार झा ले बताए । योजना अन्तरगत सडक विस्तार गरेर डवल लेनको बनाइने छ । नाला सहित सडक कालोपत्रे हुने छ । आयोजनाको कुल लागत करिव ८२ करोड रहेको छ ।

उक्त सडकबाट गोरखाको पालुङटार नगरपालिकाको खोप्लाङ र आँपपिपल, सिरानचोक गाउँपालिकाको हर्मी, थालाजुङ, छोप्राक र अजिरकोट गाउँपालिकाको हंसपुर र खरिवोटका स्थानीयहरु प्रत्यक्ष लाभान्वित हुने छन् । त्यस्तै लम्जुङको राइनास नगरपालिकाको चक्रतीर्थ, दुधपोखरी गाउँपालिकाको इलमपोखरी र दुधपोखरीका स्थानीय पनि प्रत्यक्ष लाभान्वित हुने आयोजनाले जनाएको छ ।

गोरखा र लम्जुङका गरी चार लाख भन्दा बढी जनसंख्या प्रत्यक्ष लाभान्वित हुने उक्त सडक भारत सरकारको एक्जिम बैकको ऋण सहयोगमा स्तरोन्नति गर्न लागिएको हो । ११ किलो छेवेटार भालुस्वाँरा बारपाक सडक योजना मातहत नियमन हुने उक्त योजनाले गोरखा र लम्जुङको समाजिक र आर्थिक रुपान्तरणमा सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेश सदस्य सुरेन्द्रराज पाण्डे लगायतको सहभागीता रहेको थियो ।

मङ्गलबार, चैत ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.