Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

प्रधानमन्त्रीकै चुनाव क्षेत्रमा योजना अलपत्र छाड्छन् ठेकेदार

११ चैत्र, गोरखा । गण्डकी प्रदेशमार्फत ठेक्का लागेका जिल्लाका केही योजनामा निर्माण कम्पनीहरुको चरम लापरबाही देखिएको छ । पटक पटक म्याद थप गरे पनि योजना अलपत्र छाडेर कतिपय ठेकेदार त सम्बन्धित कार्यालयको सम्पर्कमा समेत छैनन् ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चुनाव क्षेत्रमा पर्ने गोरखाको पालुङटारको राधाकृष्ण मन्दिर- कालामाटा- पौवाटार- बिरुवाटार- मिलनचोक- सलाङगिरी- हटिया- मझुवा सडक नौ महिनाअघि नै कालोपत्रे भइसक्नुपर्ने हो । तर कामको जिम्मा लिएको अमर कन्स्ट्रक्सन प्रालिको तीन पटक म्याद थप भइसक्दा समेत कामको भौतिक प्रगति ४५ प्रतिशत छ ।

अन्तिम पटक थप भएको म्याद अनुसार यही ३० चैतमा काम सक्नुपर्छ, तर सम्भावना न्यून रहेको गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको पूर्वाधार कार्यालय गोरखाका निमित्त प्रमुख अजयकुमार श्रेष्ठले बताए ।

‘स्ट्रक्चर र नालाको काम सकेको छ’ उनले भने, ‘६ किलोमिटर ग्राभेल भयो, बेस र पिच गर्न बाँकी नै छ, तोकिएको समयमा काम सक्न गाह्रो छ ।’ यसपटक पनि काम सम्पन्न नगरे जरिवानाका लागि प्रक्रिया अघि बढाउने उनले जानकारी दिए । १६ असार २०७६ मा करिब दश किलोमिटर सडक कालोपत्रे २३ करोड ३८ लाख रुपैयाँमा सक्ने गरी अमर कन्स्ट्रक्सनले ठेक्का पाएको थियो ।

निर्माण कम्पनीले भने कोभिडलाई वहाना बनाएको छ । ‘कोभिड अघिसम्म कामको गति राम्रो थियो तर लकडाउनले गर्दा समस्या भयो,’ अमर कन्स्ट्रक्सन प्रालिका इन्जिनियर सुशील आचार्यले भने । हाल बेसको काम भइरहेको र वैशाखसम्म काम सक्ने उनले आश्वासन दिए ।

प्रचण्डकै चुनाव क्षेत्र छुने, एक वर्षअघि कालोपत्रे भइसक्नुपर्ने नारेश्वर- पडेनी- चौतारा- निबेल- ताकुकोट सडक (पहिलो खण्ड) को पनि हालसम्म ७७ प्रतिशत मात्र भौतिक प्रगति छ । रौता पिके गोरखा जेभीसँग १४ जेठ २०७६ मासम्झौता भएको उक्त योजनाको दुई पटक म्याद थप भइसक्यो । अन्तिम पटक थप भएको म्याद अनुसार ३० चैतमा काम सक्नुपर्ने हुन्छ । ग्राभेल र बेसको काम सम्पन्न भए पनि कालोपत्रेको काम बाँकी नै छ ।

काममा लापरबाही गरेको उक्त निर्माण कम्पनीले जरिवानासमेत तिरिसकेको कार्यालयका सडक इन्जिनियर दीपक बस्न्यातले बताए । योजनाको कुल लागत २५ करोड ५८ लाख रुपैयाँ रहेको छ । सोही योजनाको दोस्रो खण्डको काममा पनि निकै ढिलासुस्ती भएको छ । दश किलोमिटर सो सडक कालोपत्रेका लागि अमर ज्ञानेस जेभीसँग भएको सम्झौता अनुसार २०८० साल असार महिनामा काम सक्नुपर्नेछ । हालसम्म १५ प्रतिशत मात्र काम भएको छ । योजनाको कुल लागत २३ करोड ७५ लाख रहेको छ ।

घ्याम्पेसाल पाँचखुवा देउराली ताकुकोट सडकको काम पनि सुस्त छ । आठ किलोमिटर उक्त सडक गत साउन महिनामै कालोपत्रे भइसक्नुपर्ने थियो । तर ठेक्का पाएको कम्पनी बिरुवा वाइवा एण्ड लामा कन्स्ट्रक्सन प्रालिले हालसम्म ५० प्रतिशतभन्दा बढी काम पूरा गर्न सकेको छैन ।

‘स्ट्रक्चर’ र पाँच किलोमिटर नाला बनाए पनि ग्राभेल र पिचको काम बाँकी नै रहेको कार्यालयका इन्जिनियर बस्न्यातले बताए । समयमै काम नसकेपछि २०८० साल वैशाख २४ गतेसम्मका लागि म्याद थप गरिएको उनले जानकारी दिए । योजनाको कुल लागत २९ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

ठेक्का लिएको बिरुवा एण्ड लामा कन्स्ट्रक्सन प्रालिले भने प्राविधिक सँगै अन्य समस्याका कारण काममा ढिलाइ भएको जनाएको छ । ‘गत वर्ष काम गरे पनि बजेट निकासा भएन, फेरि बीचमा गिटी वालुवा बन्द भयो, चुनाव पनि लाग्यो त्यसैले ढिला भएको हो’, प्रालिका कमल कार्कीले भने ।

प्रचण्डको चुनाव क्षेत्रमा पर्ने गोरखा नगरपालिका–१० छेवेटारमा निर्माणाधीन ज्येष्ठ नागरिक आवास भवनको पनि दुई पटक म्याद थप भइसक्यो । अन्तिम पटक थप भएको म्याद यही फागुन महिनामा सकिसक्यो, तर हालसम्म ६० प्रतिशत मात्र काम भएको छ । लामो समयदेखि निर्माण कार्य समेत रोकिएको कार्यालयका निमित्त प्रमुख श्रेष्ठले बताए ।

‘संरचना तयार भएपनि फिनिसिङको काम बाँकी नै छ, त्यहाँसम्म पुग्ने एप्रोच सडकको काम पनि भएको छैन’, उनले भने । ठेकेदार आशिष इको जेभी नै सम्पर्कमा नरहेको उनले बताए । यो योजना दुई वर्षमा काम सक्ने गरी ५ करोड २९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीका राममणि बर्तौलासँग टेलिफोनमा सम्पर्क हुन सकेन ।

समयमै काम सम्पन्न नभएर अलपत्र परेका जिल्लामा यस्ता योजना धेरै छन् । निर्माण कम्पनीको लापरबाहीका कारण काममा ढिलासुस्ती हुने गरेको छ । पटक पटक म्याद थप भएका योजनाहरु ठेकेदारकै कारण अलपत्र छन् ।

किन समयमै काम सक्दैनन् ठेकेदार ?

पूर्वाधार विकास कार्यालयका अनुसार एउटै निर्माण कम्पनीले धेरै योजनाको ठेक्का लिएका कारण काम नगर्ने समस्या देखिएको बताएको छ । लगानी, जनशक्ति र आवश्यक उपकरण अभाव भएका ठेकेदारले जिम्मा लिएको काममा पनि ढिलासुस्ती हुने गरेको कार्यालयले जनाएको छ ।

काम सुरु नहुँदै मोबिलाइजेसन खर्च दिने व्यवस्थाले पनि काममा लापरबाही गर्न ठेकेदारलाई अग्रसर गराएको छ । ‘मोबिलाइजेसन खर्च भनेर सुरुमै कुल लागतको २० प्रतिशत रकम दिने व्यवस्था छ, त्यो पैसा लिने र जग्गा प्लटिङ लगायत अन्यत्र लगानी गर्ने अनि पैसा अभाव देखाउँदै काम सुरु नगर्ने प्रवृत्ति पनि हावी छ’, कार्यालयका एक कर्मचारीले भने । काम नगर्ने निर्माण कम्पनीहरुले बर्खा, बाढीपहिरो, तेलको मूल्यवृद्धि, चाडबाड जस्ता वहाना बनाउने गरेको उनले बताए ।

शनिबार, चैत ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.