१२ चैत्र, गोरखा । राष्ट्रपति रामचन्द्र पौडेलले गोरखा दरवारमा रहेको कालिका र गोरखनाथको दर्शन गरेका छन् । आइतवार बिहान दश बजे नेपाली सेनाको हेलिकप्टर मार्फत उनी गोरखा दरवार पुगेका थिए ।
करिव आधा घण्टा पुजापाठ गरेर हेलिकप्टर मार्फत उनी गोरखा संग्रहालय परिसर झरे । संग्रहालय मूल गेट अगाडी ठुलोआँगनका रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्र्यापण समेत गरे ।
माल्र्यापण पश्चात उनले शालिक अगाडी आफ्नी पत्नीसँग फोटो समेत खिचाए । लगतै उनले गोरखा संग्रहालयको निरिक्षण गरे । जिल्लाका सरोकारवालासँग भेटघाट गरेर उनी काठमाण्डौ फर्किसकेका छन् ।




तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































