Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाको पालुङटार एयरपोर्टबाट फेरी उड्ला त जहाज ?

२० चैत्र, गोरखा । जिल्लाको पालुङटार एयरपोर्ट संचालनमा नआएको करिव ४३ बर्ष भयो । २०३६ सालदेखि एयरपोर्टले कुनै पनि उडान भर्न सकेको छैन । २०१७ सालबाट उडान शुरु गरेको सो एयरपोर्ट अहिले गौचरन क्षेत्र बनेको छ ।

Advertisement

सो एयरपोर्टबाट दैनिक काठमाण्डौ, पोखरा र भरतपुर उडान हुन्थ्यो । २०२० सालमा सोही एयरपोर्टबाट जहाज चढेर भरतपुर पुगेका स्थानीय कृष्ण देवकोटा २२ रुपैयामा यात्रा गरेको सम्झन्छन् । ‘शुरुमा त झन् १८ रुपैया तिरे पुग्थ्यो,’ उनले भने, ‘२०२३ सालबाट भाडा बढाए ।’ जब नारायण–मुग्लिन सडकखण्ड बन्यो अनि जहाज चढ्नेको संख्या घट्न थाल्यो । यात्रु नभएकै कारण २०३६ सालबाट उडान बन्द भयो । त्यसयता पालुङटार एयरपोर्टमा स्थानीयले जहाज देख्न पाएनन् । जहाज विनाको एयरपोर्ट गौचरनमा परिणत हुन थाल्यो ।

पुनः संचालन गर्ने हेतुले नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई बर्ष अघि एयरपोर्ट स्तरोन्नतीको काम शुरु ग¥यो । रन–वे सफा गरी ग्राभेल गरेर कम्प्याक्ट गर्न र एयरपोर्ट वरपर तारवार लगाउन काष्ठमाण्डप कन्स्ट्रक्सन प्रालिसँग तीन करोड १७ लाख ५० हजारमा ठेक्का सम्झौता भयो । २०७७ साल असार ३१ गते ठेक्का सम्झौता भएर कामपनि अघि बढ्यो ।

तर जग्गा स्वामित्वको बिषयमा स्थानीयसँगको विवादले काम रोकियो । ‘बिवाद भएर काम रोकिएपछि हाम्रो टोलीले फिल्ड भिजिट ग¥यो,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘गाउँलेले रन–वे को बिचमा सडक र एयरपोर्टको जग्गामा घर बनाएको देखियो ।’ एयरपोर्टको आधा जग्गा अतिक्रमण भएको भन्दै उनले रन–वे ‘क्लिअर’ गरेर जग्गाको स्वामित्वबारे निर्णय नभएसम्म काम अघि नबढ्ने बताए । ‘पहिले नियमित फ्लाइट हुने ठाउँ हो, अहिले नियमित फ्लाईट नभएपनि अल्ट्रालाइट, प्याराग्लाइडिङ, स्काई डाइभिङको जोन बनाउन सकिन्छ भनेर स्तरोन्नतीको काम थालेका थियौ, विवादले गर्दा काम रोकियो,’ उनले भने । प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका जनप्रतिनिधी, नापी र मालपोत कार्यालय लगायतका सरोकारवाला बसेर विवाद मिलाउने भनेपनि प्रगति हुन नसकेको उनले जानकारी दिए ।

प्राधिकरणको टोलिले गरेको अध्ययन अनुसार स्थानीय कृष्ण देवकोटाले बनाएको घर र गोठ एयरपोर्टको जग्गामा पर्छ । एयरपोर्ट स्तरोन्नतीको क्रममा तारवार लगाउन देवकोटाले अवरोध समेत गरेका थिए । आफू अन्यायमा परेको भन्दै उनले क्षतिपूर्ति माग गर्दै आएका छन् । उनी भन्छन्, ‘२०२० सालमा नापी पास गरेर मेरो बुवाले लिनु भएको जग्गा हो, पोहोर नाप्न आउँदा यो जग्गामा मैले बनाएको घरगोठ सबै एयरपोर्टको नाममा परेको छ भन्नुभयो । क्षतिपूर्ति माग गर्दै एयरपोर्ट स्तरोन्नतीको क्रममा तारवार गर्न नदिएको उनी स्वयमले स्वीकार गरेका छन् ।

एयरपोर्ट संचालनका लागी आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले बताए । ‘अरु समस्या केही छैन, एउटा घर र धन्सार एयरपोर्टको जग्गामा पर्छ भन्ने कुरा आएको छ,’ उनले भने, ‘जग्गा स्वामित्व विवाद मिलाउन हामी आवश्यक सहजिकरण गर्न तयार छौ ।’ एयरपोर्ट संचालन भए पालुङटारलाई गोरखा, लम्जुङ र तनहूँको एउटा केन्द्रको रुपमा बिकास गर्न सकिने उनको भनाइ छ । संचालनका लागी पटक पटक प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराइएको उनले जानकारी दिए ।

समस्याबारे प्राधिकरणले जानकारी गराएमा आवश्यक सहजिकरण गर्न तयार रहेको प्रमुख जिल्ला अधिकारी दिनेस सागर भुषाल बताउछन् । तर हालसम्म प्राधिकरणबाट केही जानकारी प्राप्त नभएको उनको भनाइ छ ।

उक्त एयरपोर्ट करिव १ सय ८५ रोपनी क्षेत्रफलमा फैलिएको छ । घाँस पर्याप्त भएकाले संचालनको समयमा पनि एयरपोर्टमा स्थानीयहरु घाँस काट्न वा गाइवस्तु चराउन जान्थे । चरनका लागी स्थानीयले एयरपोर्टलाई पैसा तिर्नुपथ्र्याे । एयरपोर्टले घाँस समेत बिक्री गथ्र्याे । जहाज उडान भर्ने र अवतरण गर्ने एयरपोर्टमा अहिले गाइवस्तु मात्र देखिन्छन् ।

एयरपोर्ट यथाशिघ्र संचालनमा ल्याउन स्थानीयले माग गर्दै आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पालुङटार एयरपोर्ट संचालनलाई आफ्नो चुनावी एजेण्डा समेत बनाएका थिए । त्यसयता पनि उनले पटक पटकको भाषणमा एयरपोर्ट संचालनमा ल्याउने आश्वासन दिदै आएका छन् ।

सोमबार, चैत २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.