Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

२२ बर्ष अघिको त्यो ‘जेल ब्रेक’

२४ चैत्र, गोरखा । सशस्त्र द्धन्द्धको समय थियो । २०५६ साल कात्तिक १३ गते संगठनकै कामले तान्द्राङ पुगेकी थिइन् उनी । तर बिहान घामको मुहार देख्न नपाउँदै प्रहरीको घेरावन्दीमा परिन् । ‘राती एक बजे संगठनकै कामले तान्द्राङ गएका थियौ,’ तत्कालिन नेकपा माओवादीकी उमा भुजेलले भनिन्, ‘बिहान सात बजे हामी बसेको घरमा प्रहरीले घेरा हालिसकेको रहेछ, एकजना साथी घेरा तोडेर भाग्नुभयो, म सकिन ।’ उनी पक्राउ परिन् । लगतै उनलाई घ्याम्पेशाल प्रहरी चौकी ल्याइयो ।

Advertisement

लुकाउन खोजिएको आफ्नो परिचय खुलाउन उनी बाध्य भइन् । सोही दिन उनलाई जिल्ला पु¥याइयो । चार दिनसम्म हिरासतमा राखियो । सो अवधिभर उनले थुपै्र यातना सहिन् । कात्तिक १७ गते आखाँमा कालोपट्टी लगाएर उनलाई रातारात तनहूँ लगियो । डिएसपीको क्वाटरमा हात खुट्टा बाँधेर चार महिना राखियो । मानसिक र भौतिक यातना दिएको स्मरण गर्दै उनी भन्छिन्, ‘हातमा हतकडी लगाए, साङ्लाले खाटमा बाधेँर चरम यातना दिए ।’

तीन महिना पश्चात उनलाई तनहूँ अदालत लगियो । कालिका टायरको घटनाको बिषयमा वयान दिन लगाइयो । त्यस बखत कालिका टायरमा राखिएको प्रहरीको सामान उनी आवद्ध पार्टी तत्कालिन नेकपा माओवादीले कब्जा गरेको थियो । सोही घटनाको वयान पश्चात अदालतले भुजेललाई तारिकमा छाड्यो । लगतै प्रहरीले फेरी पक्राउ गरेर गोरखा ल्यायो अनि हातहतियार खरखजाना मुद्धामा भुजेललाई कारागार चलान ग¥यो ।

दुश्मनको कब्जाबाट कसरी फुत्कने भन्ने उनको मानसपटलमा हरेक पल आइरहन्थ्यो । तान्द्राङबाट समातेर धावा ल्याउँदै गर्दा पनि उनले फुत्कने कोसिस गरेकी थिइन्, तर सफल भइनन् । त्यसयता पनि उनका थुप्रै प्रयासहरु असफल बने ।

कारागारभित्र राजनीतिक आस्था भएकी उनी एक मात्र महिला थिइन् । पछि उनकै पार्टीका कमला नहर्की, रीता थापा, एन्जिला बिक, सञ्जु अर्याल र मिना मरहट्टा थपिए । संयुक्त रुपमा योजना बनाएर उनीहरु अघि बढ्न थाले । ‘भाग्नका लागी अनेक उपाय ग¥यौ, अस्पताल जाने क्रममा पनि फुत्कन खोज्यौ, कारागारको पर्खाल नाघ्ने कोसिस पनि ग¥यौ तर सफल भइएन,’ भुजेलले भनिन्, ‘अन्तिममा ५–६ घण्टाको छलफलपछि सुरुङ खनेर भाग्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौ ।’ तर सुरुङ कसरी खन्ने भन्ने बारे अनविज्ञ थिए उनीहरु ।

रातको १२ बजेसम्म बसेर उनीहरु योजना बनाउथे । अन्ततः उनीहरुले १०० आँै माओ दिवस (११ पुष) बाट सुरुङ खन्ने कार्य शुरु गर्ने निर्णय गरे । बिहान माओ दिवस मनाए र दिउँसो तीन बजेबाट सुरुङ खन्ने कामको सुरुवात गरे । ‘त्यतिबेलासम्म बाहिर के छ भनेर हामीलाई थाहा पनि थिएन, कसरी खन्ने भन्ने ज्ञान थिएन, सानो एउटा रड भेटाएका थियौ त्यसले नै खन्न शुरु ग¥यौ,’ उनले भनिन् ।

सुरुको समयमा खाडल छोप्न झार प्रयोग गरे । तरकारी लगाएको वहान बनाउँदै त्यस ठाउँमा प्रहरी र अन्य व्यक्तिलाई जान दिएनन् । जब खाडल ठुलो बन्दै गयो अनि समस्या हुन थाल्यो । ढाकाको तान बुन्ने भन्दै बाँस मगाए र शौचालय जस्तो बारेर खाडँल छोप्न थाले । पछि खाडलमाथि क्यारेमबोर्ड राखेर माटोले पुर्न थालेपछि लुकाउन केही सहज भयो । एक जना खाडलभित्र पसेर खन्न थालेपछि अर्काे त्यहाँबाट निस्कने माटोको व्यवस्थापनमा लाग्थे । सुरुङ खनेको कुरा अरुले थाहा नपाउन् भनेर उनीहरुले एक आपसमा कोड भाषा समेत प्रयोग गर्थे ।

उनीहरुको छुट्टाछुट्टै जिम्मेवारी थियो । उनीहरु बाहेक कारागारमा रहेका अन्य दुई जना महिला बन्दीहरुलाई भुलाउने जिम्मा रिता थापाले पाएकी थिइन् । सुरुङ खन्ने समयमा रिताले ती दुई महिलाबन्दीहरुलाई गित गाउने, नाच्ने, सिलाई सिकाउने र पढाउने गरेर भुलाउथिन् ।
कमला नहर्कीले सुरुङ खन्ने काम गर्थिन् । खनेको माटो लुकाउने जिम्मेवारी सञ्जु अर्यालको थियो । सेन्ट्री पोष्टको प्रहरी भुलाउने काम मिना मरहट्टा र रिताले गरिन् । यी सबै कामको संयोजन भुजेलले गर्थिन् ।

बिशेषगरी बिहान, दिउँसो र साँझ उनीहरुले खाडल खन्ने काम गर्थे । ‘बिहान पुलिस ढोका खोलेर गएपछि खन्ने काम शुरु गथ्र्याै, किनकी ढोका खोलेर गए लगतै पुलिस आउदैनथ्यो, बिहानको खाना खाएपछि अरु आराम गर्थे हामी काम गथ्र्याै, अनि साँझ पुलिसले ढोका लगाएर गएपछि फेरी काम थाल्थ्यौ,’ भुजेलले भनिन् । दैनिक उनीहरु रातमा कामको समिक्षा गर्दै भोलीको लागी योजना बनाउथे ।

फागुन १ गते जेल ब्रेक गरेर भाग्ने योजनाका साथ उनीहरुले काम अघि बढाएका थिए । तर बिचमै कारागारको पछाडी भागमा काडेतार लगाउने योजना सहित प्रशासनले काम शुरु गरेपछि उनीहरुको योजना सफल हुन सकेन । करिव डेढ महिना उनीहरुले काम गर्न पाएनन् । तारवारको काम निरिक्षणका लागी दिनहूँ प्रहरी र प्रशासनका मान्छे आउथे । अव फस्ने भइयो भनेर उनीहरु चिन्तित र त्रसित थिए । तर खाडल छोपेको ठाउँमा तरकारी लगाएको छ नटेक्नु भन्दै उनीहरुले बिभिन्न वहाना बनाए र आफ्नो योजना लुकाउन सफल भए । तीन महिनामा उनीहरुले सुरुङ तयार गरे । कोठाभन्दा बाहिरी भागमा रहेको खुल्ला ठाउँबाट सुरुङ खनिएको थियो ।

सुरुङ तयार भएपनि कोठा बाहिर कसरी निस्कने भन्ने समस्या थपियो । झ्यालमा राखिएको रड फोडेर निस्कने योजना बनाए । राती १२ः३० बजे कम्प्युटर सिकाउन राखिएको टेवल चढेर झ्यालको रड फुटाउन थाले । अनि त्यहीबाट पालैपाले बाहिर निस्किए । त्यतिबेला कारागारको पछाडी भागमा प्रहरीको सेन्ट्री पोष्ट थिएन । अनि सुरुङ हुदै कारागारबाट भाग्न सफल भए । सबैभन्दा अगाडी भुजेल बाहिर निस्किइन्, लगतै अरु साथीहरु । बाहिर निस्किएपछि मकैवारीमा घिस्रिदै लुक्दै उनीहरु अघि बढे ।

कोही हाम फालेको जस्तो आवाज सुनेपछि प्रहरीले हवाइ फायर समेत गरेको थियो । तर भित्रबाट कैदीवन्दी भागेको भन्ने प्रहरीले पत्तो पाएन । बाहिरबाट कोही आउन खोजेको अनुमान ग¥यो सायद । उनीहरु २०५७ साल चैत्र १७ गते राती करिव एक बजे कारागारबाट भागेका थिए । रातारात भागेर उनीहरु बक्राङ पुगे । नहर्की र भुजेलको नेतृत्वमा दुई टोली बिभाजन भएर उनीहरु छुट्टिएका थिए ।

तीनै गोरखा जेल बे्रकरहरु शुक्रवार सम्मानित भए । २२ औ जेल ब्रेक दिवसको सन्दर्भ पारेर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले उनीहरुलाई सम्मान गरेको हो । कार्यक्रममा रीता थापा र उमा भुजेल मात्र सहभागी थिए । उनीहरुसँगै जेल बेक्र गरेर भागेका अन्य दुई जनालाई पनि सम्मान गर्ने कार्यक्रम थियो तर, उनीहरु उपस्थित भएनन् । एन्जिला र मिना सशस्त्र द्धन्द्धकै क्रममा मारिए ।

सम्मान ग्रहण गर्दै भुजेलले जनताको व्यवस्था ल्याउनका लागी आफूहरु जेल ब्रेक गरेर आएपनि अझै सम्म उदेश्य पुरा नभएको बताइन् । जनताको व्यवस्था ल्याउनका लागी जनक्रान्ति गरिरहेको उनले जानकारी गराइन् । सम्मान कार्यक्रमका लागी गोरखा आएकी भुजेलले कार्यक्रम पूर्व आफूले ब्रेक गरेको गोरखा कारागार परिसर अवलोकन समेत गरेकी थिइन् ।

शुक्रबार, चैत २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.