२६ चैत्र, गोरखा । आठौ ओसन क्लब यू–१३ राष्ट्रिय फुटवल प्रतियोगीता भोली (सोमवार) बाट शुरु हुदै छ । गोरखा नगरपालिका दलभन्ज्याङ स्थित ओसन क्लब फुटवल प्रशिक्षण मैदानमा हुने प्रतियोगीताको सबै तयारी पूरा भइसकेको छ ।
आइतवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै आयोजक द ओसन क्लबले सो कुरा जानकारी गराएको हो । प्रतियोगीतामा गोरखा सहित तनुहूँ, चितवन, काठमाण्डौ, बारा लगायतका जिल्लाबाट सहभागी छन् ।
कुल १२ टिमको सहभागीता रहेका प्रतियोगीतामा प्रथम हुनेले नगद २० हजारको साथमा ट्रफि, मेडल र प्रमाण पत्र पाउने छ । दोस्रो हुने टिमले नगद दश हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउने आयोजक क्लबले जनाएको छ । उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लबका अध्यक्ष अमित खत्रीले बताए ।
प्रतियोगीता चार दिनसम्म चल्ने छ । प्रतियोगीता संचालनमा ९ लाख भन्दा बढी खर्च हुने आयोजक क्लबको अनुमान छ ।



































