Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

खानेपानी संस्थाबिचको द्धन्द्धले उपभोक्ता मर्कामा

बजार क्षेत्रको खानेपानी अभावलाई पूर्ति गर्ने उदेश्यले जिल्लामा दरौदी बृहत लिफ्टिङ खानेपानी आयोजना बनेको छ । गत जेठ महिनाबाट आयोजनाले पानी वितरण पनि थालिसक्यो । बजार क्षेत्रमा रहेका बिभिन्न खानेपानी संस्थालाई सदस्य बनाएर दरौदीले पानी बेच्ने गरेको छ ।

Advertisement

हालसम्म २१ वटा संस्थालाई पानी वितरण गर्दै आएको संस्थाका अध्यक्ष बिनोद अर्याल बताउछन् । यता २०६० सालमा बनेको पृथ्वीनारायण खानेपानी आयोजनाबाट बजार क्षेत्रको करिव १४ सय घरधुरीलाई पानी वितरण हुदै आएको छ । तर यी दुई संस्था बिच समन्वय र सहकार्य अभावले उपभोक्तालाई भने पानी समस्या उस्तै छ ।

पृथ्वीनारायण खानेपानी संस्थाले नियमित पानी वितरण गर्न सकेको छैन । महँगो शुल्क तिरेर खानेपानी जोडेपनि पानीका लागी सार्वजनिक धारामा घण्टौ लाइन बस्नुपर्ने बाध्यता नहटेको उपभोक्ताको गुनासो छ । संस्थाले वितरण गर्ने पानी पिउनयोग्य समेत नभएको उनीहरुले बताएका छन् । दरौदीले वितरण गर्ने पानी किन्ने हो भने पृथ्वीनारायण खानेपानी संस्थालाई पानी अभाव खड्किदैन । हाल उपभोक्ताले भोग्दै आएका समस्यामा समेत कमी आउने छ । तर दुई संस्था एक आपसमा सहकार्य गर्न इच्छुक देखिदैनन् । जसको मारमा उपभोक्ता छन् ।

पानी वितरणका लागी आफूहरु तयार रहेपनि पृथ्वीनारायण खानेपानी संस्थाले लिन नमानेको दरौदी खानेपानी संस्थाको आरोप छ । यता पृथ्वीनारायण खानेपानी संस्थाले पहिले पानीको शुल्क निर्धारण हुनुपर्ने बताउँदै आएको छ । ‘गत फागुन मसान्तसम्म परिक्षणको रुपमा कन्ट्र¥याक्टरले हेर्ने गरी निशुल्क पानी वितरण गर्ने भन्ने थियो, तर त्यो बेला पानी वितरण वापत भन्दै ४२ लाखको बिल हामीलाई पठाएको छ,’ पृथ्वी नारायण खानेपानी संस्थाकी अध्यक्ष सिता खड्काले भनिन्, ‘फेरी बिग्रेको बल्क मिटर राखेको रहेछ, निशुल्क हुनुपर्ने पानीको पैसा हामी तिर्दैनौ र बैज्ञानिक शुल्क निर्धारण नगरेसम्म पानी पनि लिदैनौ भनेका छौ ।’ आफूहरुले उपभोक्तासँग लिदै आएको शुल्कमा नबढ्ने गरी दरौदीले पानी उपलब्ध गराएमा लिन तयार रहेको उनले बताइन् ।

हालसम्म शुल्क निर्धारण गर्न नसकेको दरौदी खानेपानी संस्थाले स्वीकार गरेको छ । महाशाखा बिभाग, समितिका व्यक्ति र सम्बन्धित निकाय बसेर छिट्टै शुल्क निर्धारण गर्ने संस्थाका अध्यक्ष अर्यालले आश्वासन दिए ।

खानेपानी अभावको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारीले दुवै पक्षलाई बोलाएर छलफल चलाएका थिए । छलफलमा पानी बिक्री वितरणका लागी दुवै पक्षबिच सहमति समेत गराइएको थियो । तर सहमति कार्यान्वयनमा आउन सकेन । प्रजिअ दिनेश सागर भुषाल समेत यसमा असफल देखिए ।

शुल्क निर्धारणको कारण देखाएपनि दुई संस्थाबिचको विवादको प्रमुख कारण पुरानो र नयाँ कार्यसमिति बिचको द्धन्द्ध हो । दरौदी खानेपानी संस्थाका अध्यक्ष अर्याल यसअघि पृथ्वीनारायण खानेपानी संस्थाका अध्यक्ष थिए । यसअघि उनको समितिमा रहेका अधिकांश पदाधिकारीहरु पनि अहिले दरौदीकै पदाधिकारीमा छन् । नयाँ संस्थामा जाँदै गर्दा आर्थिक हिनामिना गरी पुरानो संस्थालाई भद्रगोल बनाएको आरोप उनीहरु माथि छ । उनीहरुले नयाँ कार्यसमितिलाई हालसम्म माइन्यूट समेत नबुझाएको पृथ्वीनारायण खानेपानी संस्थाकी अध्यक्ष खड्काले गुनासो गरिन् ।

‘संस्थाको नाममा एक÷एक वटा प्रिन्टर, ल्यापटप, हिलो फाल्ने पम्प र मोटरसाइकल अनि दुई वटा मोवाइल थियो,’ उनले भनिन्, ‘तर उनीहरुले ती सामान आजसम्म बुझाएका छैनन् ।’ बुझाउनका लागी पटक पटक पत्राचार गर्दा समेत उनीहरुले वेवास्था गरेको उनले बताइन् । ‘एउटा बिग्रिएको ल्यापटप ल्याएर हामीलाई जानकारी नदिई कार्यालयमा छाडेर जानुभएछ, अरु सामान कहाँ छ थाहा छैन,’ उनले भनिन् ।
अर्याल नेतृत्वको समितिले खर्च प्रणाली समेत व्यवस्थित नगरी आर्थिक हिनामिना गरेको आरोप छ ।

आर्थिक बर्ष २०७८÷७९ मा नक्कली बिजक खडा गरी बिभिन्न व्यक्तिको नाममा संस्थाले भुक्तानी गरेको करिव साढे ११ लाख रकम बेरुजु समेत देखिएको लेखापरिक्षण प्रतिवेदनमा उल्लेख छ । बिधान अनुसार गर्नुपर्ने अधिवेशन समेत नगरेको र भौतिक सम्पत्तिको विवरणको अभिलेखमा समेत उनीहरु चुकेको बताइएको छ । छानविनका लागी संस्थाका वर्तमान उपाध्यक्ष सुरेशमान श्रेष्ठको संयोजकत्वमा समिति समेत गठन भएको छ । संस्था बिरुद्ध अख्तियारमा मुद्धा समेत परेको छ ।

यता संस्थाका पूर्व अध्यक्ष (हाल दरौदी खानेपानी संस्थाका अध्यक्ष) अर्यालले भने आफूहरु माथि झुटो आरोप लगाइएको बताए । ‘माइन्यूट र कार्यालयका सामानहरु कार्यालयकै कर्मचारीहरुसँग हुन्छ, हामीले बोकेर हिडेका हुदैनौ, कार्यालयमै उहाहरुले खोज्नुप¥यो नी !’ उनले भने ।

शुक्रबार, बैशाख २२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.