जिल्लाका श्रवण शक्ति कमजोर भएका बिद्यार्थीलाई ‘हियरिङ एड’ वितरण हुने भएको छ । आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीलाई लक्षित गरी लियो क्लब अफ गोरखाले निशुल्क उक्त उपकरण वितरण गर्न लागेको हो ।
श्रवण शक्ति कमजोर भएका बिद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उदेश्यले जेठ १३ गते उपकरण वितरण गरिने क्लबका अध्यक्ष बालकृष्ण परियारले बताए । उनका अनुसार उक्त उपकरणले कान स्पष्ट सुन्नलाई सहयोग पुग्ने छ ।
श्रवण शक्ति कमजोर भएका बिद्यार्थीलाई जेठ १० गतेसम्म नाम दर्ता गराउन उनले आग्रह गरेका छन् ।
सो दिन निशुल्क कानको परिक्षण समेत हुने बताइएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































