राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति गोरखाले नक्कली भुटानी शरणार्थी प्रकरणको दोषीलाई कडा कारवाहीको माग गरेको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै राप्रपाले प्रकरणमा संलग्न जोसुकैलाई कारवाहीको दायरामा ल्याउन माग गरेको हो ।
‘भ्रष्टाचारले मुलुक र दुनिया उठ्नै नसक्ने गरी थला परिरहेको अवस्थामा भुटानी शरणार्थीको बहानामा गैर भुटानी नेपाली नागरिकहरुबाट मोटो रकम असुली गर्दै नेपालीलाई गैर नागरिक बनाउँदै नेपाली अस्मिता माथि प्रहार गर्ने कार्य भई रहेकाले नियमनकारी निकायहरुबाट नै त्यसको घोर निन्दा र भत्र्सनायोग्य कार्यको पार्टी गम्भिर भत्र्संना गर्दछ,’ ज्ञापन पत्रमा भनिएको छ ।
जनताको ढाँड सेक्ने गरी भइरहेको मंहगी नियन्त्रण गर्न पनि राप्रपाले माग गरेको छ । माग पुरा नभएमा आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।



































