Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा नगरबासीले गोरखा अस्पतालबाट आधारभुत स्वास्थ्य सेवा निशुल्क पाउने

५ जेठ, गोरखा । गोरखा नगरबासीका लागी गोरखा अस्पतालमा आधारभूत स्वास्थ्य सेवा संचालन हुने भएको छ । नगरबासीलाई निशुल्क सेवा प्रदान गर्ने उदेश्यले गोरखा नगरपालिका र अस्पतालबिच बिहीवार सम्झौता भएको छ ।

Advertisement

सम्झौता अनुसार खोप बाहेकका ९८ प्रकारका औषधी, १८ प्रकारका प्रयोगशाला सेवा र थप १० प्रकारका अन्य सेवा नगरबासीले निशुल्क पाउनेछन् । जस अन्तरगत खोप सेवा, एकीकृत नवजात शिशु तथा बालरोग व्यवस्थापन र पोषण सेवा, स्वास्थ्य प्रवद्र्धन सेवा र आयूर्वेद तथा अन्य मान्यता प्राप्त बैकल्पिक स्वास्थ्य सेवा पर्ने नगर स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए ।

गर्भवती प्रसव तथा सुत्केरी सेवा, परिवार नियोजन सेवा, सरुवा रोग नियन्त्रण कार्यक्रम, नसर्ने रोग तथा शारिरिक बिकलाङ्गता सेवा र सामान्य÷आकस्मिक अवस्थाका उपचारत्मक सेवा समेत निशुल्क हुने उनले जानकारी दिए । ‘गर्भवती प्रसव तथा सुत्केरी सेवा अन्तरगत नेपला सरकारले तोके बमोजिमको यातायात खर्च तथा नगरपालिकाद्धारा पोसिलो झोला पोषण प्रवद्र्धन साथै असहाय गरिवहरुका लागी नगर उपप्रमुख पोषण तथा आर्थिक सहायता प्रदान र ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रमको भिडियो एक्स–रे सेवा पर्छन्,’ उनले भने ।

स्वास्थ्य बिमा र बिस्तारित सेवा बाहेक ओपिडी टिकट तथा अकस्मिक टिकट समेत निशुल्क हुने बताइएको छ । जनरल बेडमा भर्ना हुनु परेमा बेड चार्ज र भर्ना समेत निशुल्क हुने सम्झौता पत्रमा उल्लेख छ ।

सेवाका लागी नगरवासीलाई स्वास्थ्य कार्डको व्यवस्था हुने छ । स्वास्थ्य कार्ड उपलब्ध नहुदाँसम्म व्यक्तिको परिचय खुल्ने सरकारी कागजपत्रको आधारमा सेवा प्रदान गरिने बताइएको छ । निशुल्क सेवा उपलव्ध गराए बापत सेवा प्रदान गरेको प्रतिवेदनको आधारमा त्रैमासिक रुपमा नगरपालिकाले अस्पतालाई रकम उपलव्ध गराउनेछ ।

उक्त कार्यक्रमका लागी नगरपालिकाले चालु आर्थिक बर्ष १५ लाख रकम विनियोजन गरेको छ । सेवा प्रवाहका लागी गोरखा नगरपालिकाले दुई जना प्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्झौतामा उल्लेख छ ।

बिहीवार एक कार्यक्रमका बिच गोरखा नगरपालिकाका मेयर कृष्ण राना र अस्पताल व्यवस्थापन समिति अध्यक्ष लाल प्रसाद श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेर एक आपसमा आदान प्रदान गरेका छन् । गोरखा नगरपालिकाका मेयर रानाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख लिला परियार, गोरखा नगरपालिका उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, नगर स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मी लगायतले मन्तव्य राखेका थिए ।

बिहीवार भएको सम्झौता जेठ १० गतेबाट लागू हुने बताइएको छ ।

शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.