Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोनपाको नीति तथा कार्यक्रम : बजार क्षेत्रको पुरानो वस्तीलाई समेटेर ऐतिहासिक सम्पदा वस्ती निर्माण गरिने

११ असार, गोरखा । गोरखा नगरपालिकाले आगामि आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतवार आयोजित १३ औ नगरसभामा नगरप्रमुख कृष्ण रानाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा खेतीयोग्य जमिनलाई बाँझो राख्ने व्यक्तिलाई भूमिकर दोव्वर लगाइने नीति लिइएको छ ।

Advertisement

‘एक वडा एक विशेष उत्पादन, एक टोल एक विशेष पहिचान’ को नीतिलाई व्यवहारिक र परिणाममुखी बनाई एक गाउँ एक उत्पादनको नीति लिइने बताइएको छ । तरकारी तथा फलफूल उत्पादनलाई संकलन केन्द्र तथा बजारसम्म पु¥याउन कृषि एम्वुलेन्सको व्यवस्था गर्ने नगरपालिकाको योजना छ ।

गोरखा नगरपालिका तथा गोरखा जिल्लाभित्रका उत्पादनबाट आत्मनिर्भर भएको कृषिउपजलाई नगर क्षेत्रभित्र आयात गर्न निरुत्साहित गरिने नगरपालिकाले जनाएको छ । बाँदर नियन्त्रणको लागि योजना बनाइने तथा बाँदरको बढि प्रभाव भएका सम्भावित क्षेत्रहरुमा काजु र कफीको खेती गर्ने कार्यक्रम ल्याइने नगर प्रमुख रानाले बताए । पशु वधशाला तथा स्लट हाउस निर्माणको लागि पशुसेवा विभागसंग पहल गर्ने योजना रहेको उनले जानकारी दिए । दुग्ध सहकारी स्थापना, डेरी उद्योग तथा चिलिङ भ्याट स्थापना गर्ने नीति समेत लिइएको उनको भनाइ छ ।

‘माध्यमिक तहका बिद्यालयमा अलग्गै प्रधानाध्यापकको व्यवस्था गर्ने र सबै प्रधानाध्यापकहरुको व्यवस्थापकीय एवं नेतृत्व क्षमता बढाउन विभिन्न कार्यक्रम संचालन गर्ने भनेका छाँै,’ मेयर रानाले भने, ‘शिक्षकको कार्य सम्पादन, विद्यार्थीले प्राप्त गरेको नतिजा प्रतिशत समेतको आधारमा उत्कृष्ट शिक्षक छनौट गरी पुरस्कृत गर्ने नीति पनि लिएका छौँ ।’

गणित, विज्ञान, अंग्रेजी जस्ता विषयमा कम्तीमा ८०% विद्यार्थी उत्तिर्ण गराउने सामुदायिक विद्यालयका शिक्षकहरुलाई १÷१ वटा ल्यापटप उपलब्ध गराई प्रोत्साहन गर्ने योजना रहेको उनले जानकारी दिए । विद्यालयमा जंकफुड (पत्रु खाना) को विक्री वितरण निरुत्साहित गर्ने बताइएको छ । गोरखा नगरपालिकाभित्र रहेका निजी तथा सामदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई एकै प्रकारको पोशाक लगाउने नीति लिइएको छ ।

गर्भवती महिला सुत्केरी हुन गोरखा अस्पतालसम्म आउँदा र गोरखा अस्पतालबाट अन्य अस्पतालमा रेफर लिई जानुपर्दा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईने बताइएको छ । अपाङ्गता भएका (क) र (ख) साथै असहाय जेष्ठ नागरिक, अति गरिब विपन्न व्यक्तिहरुलाई गोरखा अस्पतालसम्म निशुल्क एम्बुलेन्स सेवा समेत उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

गोरखाको ऐतिहासिक ठूलोआँगन, पोखरीथोक, धारापानी, छिपिटोल, पाटेचौर आदि क्षेत्रमा संघ प्रदेश तथा अन्य संस्थाको सहयोग लिएर सम्पदा बस्ती निर्माणको थालनी गर्ने नगरपालिकाको योजना छ । गोरखानाथपार्क निर्माण कार्य अघि बढाइने बताइएको छ । गोरखा दरवार, गोरखनाथ कालिका मन्दिर, गोरखा संग्रहालयलगायत समग्र ऐतिहासिक धार्मिक सांस्कृतिक क्षेत्रहरु नगरपालिकाको अधिकार र क्षेत्रमा ल्याउने प्रयास र पहल गर्ने नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

गोरखा नगरपालिकामा रहेको सीमान्तकृत समुदाय कुसुन्डाको लागि ‘घरैमा नगरपालिका’ भन्ने कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको योजना छ ।

दरौँदी लिफ्टिङ खानेपानी आयोजनालाई पूर्ण सञ्चालनमा ल्याई सहज रुपमा खानेपानी सेवा उपलब्ध गराइने बताइएको छ । प्रकोपको कारण ज्यान गुमाएका परिवारलाई २५ हजार, क्षति भएको परिवारलाई क्षतिको आधारमा ५ देखि १५ हजारसम्म तत्काल राहत उपलब्ध गराउने नीति नगरपालिकाले लिएको छ ।

आगामि बर्ष खादाको प्रयोगमा वन्देज लागाइने भएको छ । प्लाष्टिक झोलाको प्रयोगलाई बन्देज लगाइने र कपडाको झोला प्रयोग गर्ने बानीको विकास गराईने बताइएको छ । फलफूल र तरकारी पसलहरुलाई केन्द्रिकरण गर्ने प्रयास गर्ने नगरपालिकाले जनाएको छ । बहिरबाट आएका पोके व्यापारिलाई नगरपालिका क्षेत्रमा व्यापार गर्न रोक लगाइनेछ ।

गोरखा नगरपालिका–१३ स्थित रामशाह घाटमा नगरवासी परिवारको मृतकको सव तथा असहाय वेवारिसे सव दहनको लागि आवश्यक पर्ने दाउरा निशुल्क उपलब्ध गराइने बताइएको छ । खोलखोलेदेखि बसपार्कसम्मको बजार क्षेत्रमा दुवैतर्फ स्तरीय फुटपाथ निर्माण गर्ने नगरपालिकाको योजना छ । खोलखोले क्षेत्रको सार्वजनिक जग्गामा प्रयोग गरी टुरिष्ट बसपार्कको अवधारणा अनुरुप बसपार्क निर्माण कार्य थालनी गर्ने बताइएको छ । वडा नं ६ र ८ को सिमाना धनुवासे (पैरेनी खोला) मा घ्याम्पेसाल आरुघाट बस पार्किङ स्थल निर्माण गर्ने नगरपालिकाले जनाएको छ ।

डण्डीडाँडामा निर्माण सम्पन्न भैसकेको बसपार्क सञ्चालनमा ल्याइने बताइएको छ । ठिगुरेश्वाँरामा वृहत वसपार्क सम्भावयता अध्ययन एवं निर्माण प्रयास गर्ने र गोरखा वजार सम्पदा क्षेत्रको संरक्षणको निम्ती रानीपोखरी छहरे बाटो खोलिने बताइएको छ ।

सोमबार, असार ११, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.