Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बिद्यालय समायोजनको बिरोधमा आरुघाटको मण्डली आधारभूत बिद्यालय एघार दिनदेखि बन्द

१३ भदौ, गोरखा । आरुघाट गाउँपालिका–५ स्थित पाखुरेमा रहेको मण्डली आधारभूत बिद्यालय विगत एघार दिनदेखि बन्द छ । बिद्यालय समायोजन गर्ने गाउँपालिकाको निर्णयको बिरोध गर्दै अभिभावकहरुले भदौ २ गतेदेखि बिद्यालय बन्द गरेका हुन् ।

Advertisement

१ देखि ५ कक्षासम्म संचालनमा रहेको उक्त बिद्यालयमा हाल २५ जना बिद्यार्थी अध्ययनरत छन् । बिद्यालयमा नेपाल सरकारको दरवन्दीका दुई शिक्षक र गाउँपालिकाको राहत अनुदानको एक शिक्षक कार्यरत छन् । तर बिद्यालय समायोजन भन्दै भदौ १ गते बसेको गाउँकार्यपालिका बैठकले उक्त बिद्यालयको तह घटाउँदै नेपाल सरकारको दुईवटै दरवन्दी कटौती गर्ने निर्णय ग¥यो । सोही निर्णयको बिरोध स्वरुप बिद्यालय बन्द गरिएको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष रत्न बहादुर गुरुङले बताए ।

‘बिद्यार्थी संख्या कम भएको बिद्यालय मर्ज गर्नु दरवन्दी कटौती गर्नु ठिकै हो तर हाम्रोमा बिद्यार्थी संख्या राम्रै छ,’ उनले भने, ‘फेरी हामीलाई भूगोलले पनि साथ दिएको छैन, यो स्कुल रहेन भने पारी स्कुल पढाउन सकिदैन, तिन वटा खोला तरेर जानुपर्छ, बर्खाको बेला आफ्नो बच्चालाई पढ्न जा भन्दा पनि मर्न जा भने जस्तो हुन्छ ।’ पालिकाले बिद्यालय खोल्न आग्रह गरेपनि आफूहरु सहमत नभएको उनले बताए । बिद्यालयको तह नघटाई कटौती गरिएको शिक्षक दरवन्दी यथावत नगरेसम्म बिद्यालय नखोल्ने आफूहरुको अडान रहेको उनको भनाइ छ ।

बिद्यालयको भवन जीर्ण रहेको र भूगोलमा पहिरो जोखिम भएकाले उक्त बिद्यालय समायोजन गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । ‘१ देखि ५ कक्षासम्म संचालन भएका बिद्यालयलाई मर्ज गर्ने भनेर हामी गाउँ शिक्षा समितिका पदाधिकारीहरु गत साउन २५ गते बिद्यालयहरुको स्थलगत निरिक्षणमा गएका थियौ,’ पालिकाका यज्ञप्रसाद कंडेलले भने, ‘त्यो बिद्यालयको भवन जीर्ण रहेछ, कम्पाउण्डमा पनि पहिरो जोखिम भएपछि बिद्यालयनै समायोजन गर्न सिफारिस गरेका थियौ ।’

सँगै बिद्यालयमा रहेको नेपाल सरकारको दुई वटा दरवन्दी पनि कटौती गर्न पालिकालाई सिफारिस गरिएको उनले बताए । तर उक्त निर्णयको अभिभावकहरुले बिरोध गर्दै आएका उनले जानकारी दिए । गाउँकार्यपालिकाको बैठकले बिद्यालयको समायोजन नगर्ने तर तह घटुवा गरी दुई वटै दरवन्दी कटौती गर्ने निर्णय गरेको उनको भनाइ छ ।

‘हामीले बिद्यालय नै समायोजन गर्न भनेर सिफारिस ग¥यौ तर गाउँकार्यपालिका बैठकले तह घटुवा गरेर १ देखि ३ कक्षासम्म संचालन गर्ने भनेर निर्णय गरिदियो,’ कंडेलले भने । उनका अनुसार समायोजनमा परेका बिद्यार्थीलाई स्वाँरागाउँमा रहेको जलकुमारी माविमा आवासिय सुविधा सहित पठनपाठनको व्यवस्था गर्ने निर्णय समेत गाउँकार्यपालिकाले गरेको छ ।

तर अभिभावकहरु भने उक्त निर्णयप्रति असन्तुष्टी जनाउँदै आएका छन् । साविककै सरह कक्षा ५ सम्म संचालन हुनुपर्ने र दरवन्दी कटौती गर्न नहुने उनीहरुको माग छ । उक्त माग पूरा नभएसम्म बिद्यालय नखोल्ने उनीहरुले बताउँदै आएका छन् ।

यता बिद्यालयले आवश्यक समन्वय गरेर बिद्यालय खुलाइदिन जिल्ला प्रशासन कार्यालय समक्ष माग गरेको छ । विगत दश दिनदेखि बिद्यालयको पठनपाठन बन्द हुदाँ बिद्यार्थीहरुमा मानसिक असर परेको भन्दै पठनपाठन सुचारु गर्ने वातावरण मिलाइदिन भन्दै बिद्यालयले प्रशासन कार्यालयमा निवेदन समेत दिएको छ ।

प्रशासन कार्यालयले बिद्यार्थीको शिक्षा सम्बन्धी र बालबालिका सम्बन्धी मौलिक हक समेतको संरक्षण हुने गरी उचित प्रवन्ध गराउन पालिकालाई सुझाव दिएको छ । सोमवार पत्राचार गर्दै प्रशासनले बिद्यालय व्यवस्थापन समिति र अभिभावकसँग आवश्यक छलफल नगरी शैक्षिक सत्र शुरु भइसकेको अवस्थामा हाल आएर उक्त बिद्यालयको तह घटाउने र शिक्षक दरवन्दी कटौती गर्ने निर्णयका कारण चालु शैक्षिक सत्रको पठनपाठनको नियमितता एवं गुणस्तर प्रभावित हुन जाने जनाएको छ ।

यता शिक्षा बिकास तथा समन्वय इकाइ गोरखाले पनि बिद्यार्थीको पठनपाठनको हक सुनिश्चित हुने गरेर मात्र समायोजनको निर्णय लिनुपर्ने बताएको छ । इकाइ प्रमुख सुवास आचार्यले समायोजना पूर्व भएका बिद्यार्थीको पठनपाठनको व्यवस्था गर्नुपर्ने बताए ।

बुधबार, भदौ १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.