Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाका स्थानीय तहलाई एम्वुलेन्स वितरण

२० पुस, गोरखा । स्वास्थ्य सेवालाई मध्यनजर गर्दै जिल्लाका स्थानीय तहहरुलाई एम्वुलेन्स वितरण गरिएको छ । सम्भव नेपाल नामक संस्थाले छ वटा पालिकालाई ‘ख’ वर्गको एक÷एक थान एम्वुलेन्स वितरण गरेको हो ।

Advertisement

एम्वुलेन्स पाउनेमा गण्डकी, आरुघाट, चुमनुव्री, सिरानचोक, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका रहेका छन् । बिहीवार जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्बन्धित पालिकाका अध्यक्ष एवं उपाध्यक्षलाई एम्वुलेन्सको चावी हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै उनले आवश्यकता पहिचान गरी एम्वुलेन्स वितरणका लागी आफूले सहजिकरण गरेको बताए ।

एम्वुलेन्सको दुरुपयोग हुने गरेको भन्दै उनले प्राप्त एम्वुलेन्सको सहीसदुपयोग गर्न सम्बन्धित पालिकालाई आग्रह समेत गरे । ‘पालिकाहरुसँग सरसल्लाह गरेर आवश्यकताका आधारमा स्वास्थ्य चौकी तोकेर एम्वुलेन्स वितरण भएको छ,’ उनले भने, ‘पालिकाले आफैले अपनत्व लिएकाले पनि यसको सदुपयोग हुनेछ भन्ने मैले आशा गरेको छु ।’

आवश्यकताका आधारमा पालिकाको स्वास्थ्य संस्थालाई लक्षित गरी एम्वुलेन्स वितरण गरिएको संस्थाका अध्यक्ष प्रेम खत्रीले बताए । गण्डकीको दर्वुङ स्वास्थ्य चौकी, आरुघाटको थुमी स्वास्थ्य चौकी, चुमनुव्रीको सिर्दिवास स्वास्थ्य चौकी र सिरानचोकको श्रीनाथकोट स्वास्थ्य चौकीलाई लक्षित गरी एम्वुलेन्स वितरण गरिएको उनले जानकारी दिए । त्यस्तै अजिरकोटको भच्चेक आधारभूत अस्पताल र बारपाक सुलिकोटको शहिद प्रेम ढकाल स्मृति आधारभूत अस्पताललाई लक्षित गरी एम्वुलेन्स वितरण गरिएको उनले बताए । ‘पालुङटार नगरपालिकालाई पनि एम्वुलेन्स वितरण गर्ने भन्ने थियो, केही प्राविधिक कारणले अहिले एम्वुलेन्स आइपुगेन, छिट्टै त्यहाँ पनि हस्तान्तरण गर्छाै,’ खत्रीले भने ।

उनका अनुसार पालिकालाई हस्तान्तरण गरिएको एम्वुलेन्स भन्सार छुटमा ल्याइएको हो । ‘भन्सार छुट नभएको भए एउटा एम्वुलेन्सको मूल्य करिव ६८ लाख पथ्र्याे, सरकारले भन्सार छुट दिएर २० लाख ६० हजार प¥यो,’ उनले भने ।

एम्वुलेन्स पाउने स्थानीय तहलाई अक्सिजन सिलिण्डर, स्ट्रेचर, मेडिकल रेप्रिजेनेटर, डेलिभरी बेड, ह्विल चियर, इलेक्ट्रिक हिटर लगायतका स्वास्थ्य सामग्री पनि वितरण गरिएको बताइएको छ । कार्यक्रममा मुख्यमन्त्री पाण्डे, गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री शुशिला सिंखडा, गण्डकी प्रदेश सांसद नन्दप्रसाद न्यौपाने, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

संस्थाले यसअघि पनि गोरखाका स्थानीय तहहरुलाई ‘ग’ वर्गको ६ वटा एम्वुलेन्स वितरण गरेको थियो ।

शुक्रबार, पुष २०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.