Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाको भीमसेन थापा चक्रपथ निर्माणले गति लिदैँ

१६ माघ, गोरखा । भीमसेन थापा गाउँपालिकामा चक्रपथ निर्माणको कामले गति लिन थालेको छ । करिव २४ किलोमिटर सडकलाई तीन खण्डमा बिभाजन गरेर काम अघि बढाइएको छ । पालिकाकै बजेटबाट चक्रपथ निर्माण गर्न लागिएको हो ।

Advertisement

पहिलो खण्ड (झिंगटेदेखि अश्राङ हुदैँ बोर्लाङको चण्डीथानसम्म) को आठ किलोमिटर सडकमध्ये तीन किलोमिटर स्तरोन्नती भइसकेको इन्जिनियर कपिल पनेरुले बताए । ‘झिंगटेदेखि अश्राङको चण्डीगैरासम्मको करिव ३.३ किलोमिटर सडक पक्की नाला सहित ग्राभेल भइसकेको छ,’ उनले भने, ‘आवश्यक ठाउँमा रिटर्निङ वाल र ह्यूम पाइप राखेर क्रस ड्रेनेजको काम पनि भएको छ ।’ तीन करोड ६० लाखको लागतमा उक्त सडक स्तरोन्नती गरिएको उनले जानकारी दिए । आर्थिक बर्ष २०७६÷७७ मा ठेक्का लागेको उक्त योजना हाल सम्पन्न भइसकेको उनले बताए ।

सोही खण्डलाई यस बर्ष पनि पालिकाले थप स्तरोन्नतीको काम गर्न लागेको छ । ग्राभेल भइसकेको सडकखण्डको उकालो ओरालो भागमा ढलान गर्न लागिएको गाउँपालिकाले जनाएको छ । काठमाडौंको क्रियटिभ भारद्धार जेभीसँग ठेक्का सम्झौता भएर कामको प्रक्रिण अघि बढिसकेको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए । ‘सो योजनाका लागी एक करोड रकम छुट्याएका थियौ,’ उनले भने, ‘८७ लाखमा ठेक्का सम्झौता भएको छ ।’

उकालो ओरालो भाग ढलानसँगै छुटपुट भएका केही ठाउँमा रिटर्निङ वाल समेत लगाइने उनले जानकारी दिए । बाह्रै महिना सहज रुपमा सवारी आवागमन गर्न सो सडकखण्डलाई थप स्तरोन्नती गर्न लागिएको उनले बताए । ‘बर्षाको समयमा उकालो आरोलो भागको ग्राभेल बगाउन सक्छ भनेर ढलान गर्न लागेका हौ, ढलान गरेपछि बर्षामा पनि सवारी आउजाउमा कुनै समस्या हुदैन,’ उनले भने । २०८० साल चैत्र मसान्तभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको पालिकाले जनाएको छ ।

चक्रपथ अन्तरगतको तेस्रो खण्ड (बिलेटारबाट इतलापोखरी धावा भन्ज्याङ हुदै सिमलाफेदसम्म) को सडक स्तरोन्नतीका लागी पनि ठेक्का सम्झौता भइसकेको छ । स्तुल कन्स्ट्रक्सनसँग एक करोड ६० लाखमा ठेक्का सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । उनका अनुसार समपुरक बजेटबाट विनियोजित रकमले काम गर्न लागिएको हो । ‘यस खण्डमा पक्की नाला, ढलान, ग्याविन स्ट्रक्चर, रिटर्निङ वाल लगायतका काम हुन्छन्,’ उनले भने । यही चैत्र मसान्तभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको उनले जानकारी दिए ।

उनका अनुसार दोस्रो खण्डमा पर्ने बोर्लाङदेखि चण्डिथानबाट कोटलेचौर हुदँै धावाको बिलेटारसम्मको सडकमा भने काम शुरु भएको छैन ।

करिव २४ किलोमिटर दुरीको भीमसेन थापा चक्रपथलाई तीन खण्डमा बिभाजन गरिएको छ । तीन वटै खण्डको दुरी करिव आठ किलोमिटर रहेको छ । गाउँ कार्यपालिकाको बैठकबाट निर्णय गरेर २०७६ सालबाट चक्रपथ निर्माणको काम शुरु भएको हो । गाउँपालिका आफैले आन्तरिक स्रोतबाट चक्रपथ निर्माण गर्न लागेको हो ।

चक्रपथ अन्तरगत पर्ने पहिलो खण्डमा भने प्रदेशको बजेटबाट केही काम भएको पालिका इन्जिनियर पनेरुले बताए । ‘प्रदेशले बजेट विनियोजन गरेर पहिलो खण्डको दुई किलोमिटर सडक स्तरोन्नती ग¥यो, डुप्लिकेसन हुन्छ भनेर हामीले त्यो भागमा रकम विनियोजन गरेका छैनौ, बाँकी ठाउँमा पालिकाबाटै काम भइरहेको छ,’ उनले भने ।

मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.