Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा जडीवुटी निकासीको राजश्वमा बृद्धि

२४ माघ, गोरखा । डिभिजन वन कार्यालयले छ महिनाको अवधीमा जडीवुटी निकासी वापत करिव ६ लाख राजश्व संकलन गरेको छ । चालु आर्थिक बर्षको हालसम्म ५ लाख ९६ हजार राजश्व संकलन भइसकेको कार्यालयले जनाएको छ । यो गत बर्षको तुलनामा बढी हो ।

Advertisement

कार्यालयले गत बर्ष कुल ५ लाख ७ हजार राजश्व संकलन गरेको थियो । तर यो बर्ष ६ महिनामै त्यो भन्दा बढी राजश्व संकलन भइसकेको कार्यालयका सूचना अधिकारी महेश पौडेलले बताए ।

‘यो बर्ष २३ हजार १ सय १० किलो जडीवुटी निकासीका लागी अनुमति दिएका थियौ,’ उनले भने, ‘अझै केही राजश्व उठ्न बाँकी नै छ ।’ चिराइतो, जटामसी, कालो मुसली, पदमचाल, कुट्की लगायतका जडीवुटी निकासी गर्न अनुमति दिइएको उनले जानकारी दिए । धार्चे, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिकामा यी जडीवुटी पाइने बताउँदै उनले थपे, ‘जिल्लाभरबाट अनुमति दिइएकामध्ये करिव ९० प्रतिशत यही पालिकामा थियो ।’

जडीवुटी निकासीका लागी कार्यालयले गत भदौ महिनामा सूचना प्रकाशित गरेर आवेदन माग गरेको थियो । सोही आधारमा परेका निवेदनको आवश्यक छानविन गरी निकासी अनुमति दिइएको कार्यालयका सूचना अधिकारी पौडेलले बताए । ‘माग संकलन भएपछि पञ्चबर्षीय कार्ययोजनाको अधिनमा रहेर हामीले घाटगद्दीको आदेश सहित संकलनको इजाजत दिन्छौ, संकलन पश्चात कार्यालयको कर्मचारी गएर नापतौल मुचुल्का गरेपछि मात्र निकासी हुन्छ,’ उनले भने ।

जडीवुटीको माग बढेकाले पनि यो बर्ष राजश्वमा बृद्धि भएको उनले जानकारी दिए । उनले थपे, ‘बजार पनि राम्रै पाएकाले किसानहरु संकलनका लागी उत्साहित पनि देखिए, यसले गर्दा पनि राजश्व वृद्धि हुन सहयोग पुग्यो ।’ नीजि जग्गामा लगाएको जडीवुटी निकासी गरेमा राजश्व थप बढ्ने उनको भनाइ छ ।

यता उत्तरी गोरखाको मनास्लु क्षेत्रबाट पनि जडीवुटी निकासी वापत ५० हजार राजश्व संकलन भएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले गत आवको हालसम्म उक्त राजश्व रकम संकलन गरेको हो । यार्सागुम्बा, सेतो चिनी, बुकीफुल, पदमचाल, कुट्की, वन लसुन लगायतका जडीबुटी निकासीका लागी अनुमति दिइएको आयोजना प्रमुख सन्तोष शेरचनले बताए ।

उनका अनुसार गत वर्ष ४ लाख ४० हजार राजश्व संकलन भएको थियो । ‘विगतका बर्षमा यार्सागुम्बा र सेतो चिनी मात्र संकलन गर्न दिन्थ्यौ,’ उनले भने, ‘यो बर्षबाट धार्मिक संस्कारका लागी प्रयोगमा आउने लेकाली धुप, धुपको पात र धुपको दाउरा र अन्य जडीवुटीहरुको पनि राजश्व संकलन शुरु गरेका छौ ।’

मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.