Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

निर्धारित समयमा नगरसभा गर्न गोरखा नगरपालिका असफल

"नगरसभाको माग गर्दै मेयरलाई ध्यानाकर्षण पत्र "

२४ माघ, गोरखा । जिल्लाका एघार स्थानीय तहमध्ये गोरखा नगरपालिका निर्धारित समयमा नगर सभा गर्न असफल भएको छ । पुस महिनाभित्र नगर सभा गरिसक्नुपर्ने भएपनि नगर प्रमुखले हालसम्म सभा आव्हान गरेका छैनन् ।

Advertisement

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ४, दफा १९ तथा गण्डकी प्रदेशको स्थानीय तहको सभा सञ्चालन सम्बन्धी कार्यविधि (ऐन) २०७५ मा एउटा सभा सम्पन्न भएको मितिले ६ महिनाभित्र अर्को सभा गर्नुपर्ने प्रावधान छ । सोही अनुसार गत असारमा बर्षे अधिवेशन गरेको नगरपालिकाले पुष महिनामा नगर सभा अधिवेशन गर्नुपर्ने हो, तर हुन सकेको छैन ।

मेयर कृष्ण रानाले हालसम्म नगर सभाको आव्हान नगरेको भन्दै उपप्रमुख मसलीमाया थोकरले असन्तुष्टी जनाइन् । ‘मेयरसावले आव्हानै नगरेकाले नगरसभा हुन नसकेको हो’, उनले भनिन्, ‘उहाँ बहुमत कार्यपालिका सदस्यको अस्तित्व स्वीकार्न सक्नुहुन्न । सबैसंग समन्वय र सहकार्य गर्नुपर्छ भन्ने मानसिकता नहुँदा उहाँ कार्यपालिकाका बैठक डाक्न पनि सक्नुहुन्न, नगरसभा आव्हान गर्न पनि सक्नुहुन्न ।’ नगरसभा नहुदाँ धेरै कामहरु प्रभावित बनेको भन्दै उनले चिन्ता व्यक्त गरिन् ।

नगर सभाको अधिवेशन बोलाउन माग गर्दै उनी सहित ४३ जना नगर सभा सदस्यहरुले मेयरको ध्यानाकर्षण गराएका छन् । सोमवार नगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले नगर सभाको बैठकबाट निर्णय गरी सम्पादन गर्नुपर्ने कामहरु सभा नभएकै कारण प्रभावित भएको बताएका छन् ।

सभा नभएकै कारण कार्यपालिका बैठकमा पेश गरिएका खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड गठन लगायतका प्रस्तावहरु निर्णय हुन नसकेको बताइएको छ । ‘भू–उपयोग क्षेत्र वर्गिकरण नभएकोले जग्गा खरिद बिक्री अवरुद्ध भई जनताको आयस्रोतमा असर परेको छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नदिजन्य पदार्थ रहेको क्षेत्रहरुको प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन हालसम्म स्वीकृत हुन नसक्दा उपयोग र बिक्री वितरणमा पनि प्रभाव परेको ।’

नगर सभा नभएकै कारण पृथ्वी जयन्तीका दिन भएको खर्च भुक्तानी हुन नसकेको र कृषि र पशुका कार्यक्रमहरु समेत कार्यान्वयनमा ल्याउन नपाइएको समेत बताइएको छ । तत्काल अधिवेशन गरी प्रभावित बनेका कार्यहरु संचालन गर्न उनीहरुले माग गरेका छन् । समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने प्रशासकीय अधिकृतको भूमिका एकाङ्की प्रवृतिको भएको भन्दै उनीहरुले असन्तुष्टी जनाएका छन् ।

नगरसभा सम्बन्धी एजेण्डामा नै प्रवेश नगरी कार्यपालिकाको बैठक अन्त्य भएकाले नगरसभा आव्हान गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सुवेदीले बताए । ‘गत पुस १७ गते कार्यपालिकाको बैठक आव्हान भएको थियो । त्यो बैठकमा २० भन्दा धेरै एजेण्डाहरु थिए । तीमध्य एक नगरसभा आयोजना सम्बन्धी पनि थियो, तर तीनचार वटा एजेण्डामा छलफल हुन नपाउँदै बैठक टुंगियो,’ उनले भने ।

यता नगर प्रमुख रानाले छिटै नगरसभा गर्ने बताएका छन् । कार्यपालिकाको बैठक हुन नसक्दा नगरसभा हुन नसकेको बताउदँै उनले कार्यपालिकाको बैठक गरेर नगरसभा गर्ने जानकारी दिए । पुसमसान्तभित्र नगरसभा गरिसक्नुपर्ने बाध्यकारी नियम भने नभएको उनको भनाइ छ ।

मङ्गलबार, माघ २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.