Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाको बिश्वेश्वर मन्दिर पुनर्निर्माणमा लापरवाही

"बुट्टा भएको टुँडाल गायव "

८ फागुन, गोरखा । पालुङटार नगरपालिका–१० मिरकोटको लाजिकोटस्थित बिशेश्वर महादेव मन्दिर पुनर्निर्माणमा लापरवाही भएको पाइएको छ । करिव चार सय बर्ष पुरानो उक्त मन्दिर पुनर्निर्माण गर्दा ऐतिहासिक स्वरुप र संरचना परिवर्तन भएको भन्दै स्थानीयले असन्तुष्टी जनाएका छन् ।

Advertisement

यसअघि मन्दिरको ऐतिहासिक बुट्टा भएको टुँडाल समेत गायव बनाइएको मन्दिरका पुजारी छविलाल गिरीले बताए । ‘पहिले बुट्टा भएको टुँडालहरु थिए,’ उनले भने, ‘पुनर्निर्माण गर्दा त्यो कता लगेर राखे, अहिले बुट्टा नभएको सामान्य टुँडाल हालेका छन् ।’ यसले मन्दिरको ऐतिहासिक स्वरुप नै गुमेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

मन्दिरमाथि झिँगटी छाउँदा चार कुनामा कुखुराको भाले आकारको संरचना बनाएको प्रति पनि स्थानीयले असन्तुष्टी जनाएका छन् । ‘हामीले किन कुखुराको भाले बनाएको भनेर सोध्दा राम्रो देखिएको छ भनेर त्यसै हाँसोमा उडाए,’ स्थानीय हरिमाया थापाले भनिन्, ‘विश्वेश्वर महादेवलाई भालेश्वर बनाइदिए, भोग नदिने ठाउँमा किन कुखुराको भाले बनाको ?’ पुनर्निर्माण हुनुअघि यस्तो संरचना नरहेको भन्दै उनले थपिएको उक्त संरचनाले मन्दिरको स्वरुप नै बिग्रिएको बताइन् ।

यता वडाध्यक्ष रिखिराज धौरालीले पनि सो कुरामा सहमत जनाउँदै मन्दिर पुनर्निर्माणमा लापरवाही भएको बताए । ‘हामीले पनि कुखुरा भाले बनाउन हुदैन भनेका थियौ । त्यो राम्रो पनि देखिएको छैन । तर हाँस हो भनेर टारे,’ उनले भने । मन्दिर पुनर्निर्माणको क्रममा चुना सुर्की कम, माटो बढी प्रयोग भएको उनले बताए । ‘पुराना काम नलाग्ने झिंगटी पनि हालेका थिए, बिरोध गरेर हामीले एकदिन काम पनि रोकिदिएका थियौ,’ उनले भने ।

२०७२ सालको भूकम्पले क्षति पुगेको उक्त मन्दिर गोरखा संग्रहालयले हेर्ने गरी २०७८ साल असार १३ गते ठेक्का सम्झौता भएर काम अघि बढेको हो । तत्कालिन समयका गोरखा संग्रहालय प्रमुख नवराज अधिकारीले पुननिर्माणको जिम्मा छायाश्वरी न्यू केपी जेभीले पाएको बताए । ‘उक्त मन्दिर पुननिर्माणका लागी ९० लाख रकम विनियोजन भएको थियो,’ उनले भने, ‘तर निर्माण कम्पनीले घटेर ठेक्का हालेकाले भ्याट सहित ७३ लाख ७४ हजारमा सम्झौता भएको हो ।’

करिव डेढ बर्षमा पुरानौ स्वरुप र शैलीमा उक्त मन्दिर पुननिर्माण भएको उनले जानकारी दिए ।

यसअघि मन्दिरको बुट्टा भएका टुँडालहरु हटाएर किन सादा टुँडाल राखियो भन्ने प्रश्नको उत्तर दिदै उनले भने, ‘भूकम्पअघि नै त्यो मन्दिर जीर्ण बनेको रहेछ । स्थानीय आफैले आफ्नो हिसावले मर्मत गरेछन् । छाना सानो बनाएर आकार फरक पारी माथिल्लो भागमा जस्ता छाएका रहेछन् । त्यसैले पुरानो टुँडाल त्यसमा फिट भएन अनि टुँडाल मठारेर छोटो बनाएछन् । पछि हामीले पुनर्निर्माण गर्ने बेला त्यो टुँडाल त्यसमा फिट भएन, धैरेजसो धमिराले पनि खाएर बुट्टा हराइसकेको थियो, त्यसलाई आवश्यक ट्रिटमेन्ट सहित पुरानै बुट्टा भरेर प्रतिस्थापन गदै लाने भनेर त्यो बेला सामान्य टुँडाल हालेका हौ ।’

सम्बन्धित वडा कार्यालयको सिफारिसमा पुरातत्व बिभागको निर्णय गराइ हाल उक्त टुँडालहरु गोरखा संग्रहालय परिसरमा राखिएको उनले जानकारी दिए । ‘ती टुँडालहरुको सरसफाई गरी ट्रिटमेन्ट गरेर राखिएको छ, अव पुरानै स्वरुपमा कार्भिङ गरेर त्यो मन्दिरमा राख्ने हो,’ उनले भने । मन्दिरको टुँडाल पुनस्र्थापना सहित कपाउण्ड लगायतका परिसरको कामका लागी यो बर्ष ४५ लाख रकम समेत विनियोजन भएको उनले जानकारी गराए । ठेक्का प्रक्रिया समेत अघि बढीसकेको उनको भनाइ छ ।

कुखुरा भाले बनाएको बिषयलाई भने उनले सामान्य लिए । उनले भने, ‘त्यो भागमा राख्ने एउटा झिंगटी हुन्छ, जसलाई गंगचा भनिन्छ । त्यो भनेको नेवारीमा कुखुराको भाले हो । त्यो चरा जस्तो आकारको हुन्छ र त्यो राख्ने चलन पनि छ ।’ पुननिर्माण हुनुअघि पनि त्यहाँ भालेको जस्तै संरचना रहेको उनले दावी गरे । तर स्थानीयले भने यसअघिको संरचनामा कुखुराको भाले नरहेको बताउँदै आएका छन् ।

मङ्गलबार, फागुन ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.