Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा प्रथम अन्तर पालिका स्तरिय भलिबल प्रतियोगिता हुने

फागुन १९, गोरखा । गोरखामा प्रथम अन्तरपालिका स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । जिल्ला भलिवल संघ गोरखाको आयोजनामा आउँदो चैत्र २७ गतेबाट प्रतियोगिता हुन लागेको हो । आइतवार पत्रकार सम्मेलन गरी संघले सो कुरा जानकारी गराएको हो ।

Advertisement

युवायुवतीलाई कुलतमा फस्न नदिई खेलमा सक्षम बनाउन र खेल क्षेत्रमार्फत पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ प्रतियोगिता गर्न लागिएको संघका अध्यक्ष कृष्ण गुरुङले बताए । ‘अहिलेको अवस्था हेर्दा युवायुवतीहरु कुलतमा फसिरहेका देखिन्छन्,’ उनले भने, ‘उनीहरुलाई कुलतमा फस्नबाट जोगाएर खेलमा सक्षम बनाउने लक्ष्यका साथ प्रतियोगिता गर्न लागेका हौं ।’ प्रतियोगितामा जिल्लाका एघार वटै स्थानीय तहबाट पुरुष र महिलाको छुट्टाछुट्टै टिमको सहभागीता रहने उनले जानकारी दिए ।

महिला र पुरुष दुवै तर्फको प्रतियोगितामा प्रथम हुने टिमले ७० हजार नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने बताइएको छ र त्यस्तै द्धितिय र तृतीय हुने टिमले क्रमश ४० हजार र २५ हजार नगद पुरस्कारको साथमा साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् । सान्त्वना हुने टिमले नगद १५ हजारको साथमा ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

रतियोगितामा बिधागत पुरस्कार पनि रहेको संघका महासचिव राजुवावु श्रेष्ठले बताए । उनका अनुसार सर्वोकृष्ट खेलाडीले नगद ५ हजार पुरस्कार पाउने छन् । उकृष्ट डिफेन्डर, सेटर, ब्लकर, सर्भर, स्पाईकर, प्रशिक्षक र उदयमान खेलाडीलाई दुई÷दुई हजारका दरले पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगितामा टिम दर्ता शुल्क ६ हजार तोकिएको छ । प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतियोगिता अवधीभर भलिबल खेलसँगै हास्य एवम मनोरञ्जनात्मक कार्यक्रम पनि सञ्चालन हुने बताइएको छ ।

हरमटारी खेलमैदानमा हुने प्रतियोगिता चैत्र ३० गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

शनिबार, फागुन १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.