Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा नगरपालिकाको नगर सभा : छलफलको समय नदिएको भन्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

"पुनः नगरसभा आव्हान गर्न माग "

२४ फागुन, गोरखा । गोरखा नगरपालिकाको बिहीबार भएको नगरसभाको १३ औ अधिवेशनमा प्रतिवेदनहरुमाथि छलफल नगराएको भन्दै उपप्रमुखसहित कांग्रेसबाट निर्वाचित नगर सभा सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका छन् ।

Advertisement

कार्यसूचीहरुमा छलफलको समय माग गर्दा सभा अध्यक्ष नगर प्रमुख कृष्णबहादुर राना र प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर सुवेदीले समय नदिएको र प्रमुख प्रशासकीय अधिकृतको भूमिका समन्वयकारी नभएको कांग्रेसका जनप्रतिनिधिहरुको भनाइ छ । उनीहरुले प्रेस विज्ञप्ति जारी गर्दै प्रमुख प्रशासकीय अधिकृतको व्यवहारप्रति आपत्ति जनाएका छन् ।

‘कार्यसूची बमोजिमका विषयमा निर्णायार्थ प्रस्ताव गर्दै हुन्छ वा हुन्न भन्ने शब्दहरुको अल्पमत बहुमतको समेत ख्याल नगरी नगरसभा सदस्यहरुको आवाजलाई बेवास्ता गरी कार्यसूचीमा प्रस्तुत भएका दफाहरु एकलौटी ढंगबाट स्वीकृत भएको घोषणा गर्दै नगर सभा अन्त्य भएको घोषणा गर्नुभयो’ विज्ञप्तिमा भनिएको छ ।

नगर सभाका सदस्यहरुको छलफलमा भाग लिने अधिकार बञ्चित गरिएको भन्दै पुनः नगरसभा बोलाउन माग गरेका छन् ।

‘प्रस्ताव पेश गरेपछि नगर सभा सदस्यहरुले छलफल गर्न पाउनुपथ्र्याे, तर त्यो अधिकार पनि पाएनन् । प्रस्ताव पेश भएपछि एक्कासी पास भयो भन्दै ताली बजाए । समय माग गर्दा सभा सम्पन्न भएको घोषणा गरेर अध्यक्ष (मेयर) हिड्नुभयो’, नगर सभा सदस्य एवं वडा नम्बर २ का वडाअध्यक्ष रहमतुल्लाह मियाले भने ।

सभामा नगर उपप्रमुख मसलीमाया थोकरले गोरखा नगरपालिकाको विनियोजन ऐन २०८० को पहिलो संशोधन प्रस्तुत गरेकी थिइन् । त्यस्तै सभामा नगर सभा सदस्य मियाले स्वास्थ्य ऐन २०७५ को पहिलो संशोधन प्रस्ताव र शितलकाजी मास्केले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । ती प्रतिवेदनमाथि छलफल नै नगरिएको कांग्रेसका जनप्रतिनिधिहरुको भनाइ छ ।

मेयर कृष्णबहादुर रानाले भने सबै प्रक्रिया पुर्‍याएर सभा सम्पन्न गरिएको बताए । ‘मंगलबार बैठक बसेर सबैको सहमतिले निर्णय गरेर कार्यक्रम गरेका हौ,’ उनले भने, ‘सिस्टम अनुसार नै सभा भएको हो, कार्यसूचीमा भएको कुरा हो–होइन भनेर पास गर्दै गएका पनि थियौं, सभा सकिएपछि बिरोध गर्नुभयो । उहाँहरुको के थियो थाहा भएन ।’

नगरसभा सकिएपछि छलफल गर्ने समय पाएनौं भन्दै विरोध गरेको बताउँदै उनले थपे, ‘समापन भएपछि म त्यहाँ बसिरहने कुरा पनि भएन, छलफल गरेर बसिरहने कुरा पनि आएन ।’

शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.