Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

प्रचण्डले गोर्खाली जनताको जनमतको अपमान गरे : मुख्यमन्त्री पाण्डे

२५ फागुन, गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेससँगको सहकार्य टुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोर्खाली जनताको जनमतको अपमान गरेको बताएका छन् । शुक्रवार गोरखा उद्योग वाणिज्य संघको स्वर्ण जयन्ती कार्यक्रममा बोल्दै उनले निर्वाचनको समयमा प्रचण्डले गोरखाली जनतासँग गरेका वाचाहरु सबै झुटा सावित भएको बताए ।

Advertisement

‘गोरखा क्षेत्र नम्वर २ त्यसमा पनि बिशेष गरी २ को २ मा जाँदा त्यहाँको जनतालाई भन्नुहुन्छ के ?’ प्रचण्डलाई प्रश्न गर्दै पाण्डेले भने, ‘चुनावको बेला पाँच बर्ष सँगै हिड्छु । सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री बनाउछु गण्डकी प्रदेशको र म प्रधानमन्त्री बन्छु भनेर हरेक भाषणमा भन्नुभएको थियो । ५० ठाउँमा बोल्दा ४९ ठाउँमा भन्नुभयो होला यो कुरा, छुट्यो होला एक÷दुई ठाउँमा । तर किन जान सक्नुभएन पाँच बर्ष ? किन जान प्रयत्न गरिएन ?’

देशको नेतृत्व गर्ने मान्छे नै अस्थिरताको कारण हुन थालेपछि मुलुकको अवस्था के होला भन्दै उनले चिन्ता व्यक्त गरे । ‘आर्थिक राजनीतिक रुपले हरेक परिस्थितीमा देश अस्थिर बन्न थाल्यो भने त्यो थाम्ने देशको मुलीले हो, तर देशको मुलीले खुलेआम भन्छ म बाचुञ्जेल यस्तै उथलपुथल भइरहन्छ, स्थिरता म हुनै दिन्न, अनि यो मुलुकको भविष्य के हुन्छ !’ पाण्डेले भने ।

गण्डकी प्रदेशमा मध्यावधी निर्वाचन हुने सम्भावना बढेको उनले जानकारी गराए । अहिले संघमा बनेको गठवन्धन अघि बढे गण्डकी प्रदेशमा कुनै पनि पार्टीको सरकार बन्न नसक्ने उनले दावी गरे । ‘कुनै पार्टीको बहुमत पुग्न सक्दैन, कुनै पनि सरकार बन्न नसकेपछि फ्रेस म्यान्डेड नै हो, तर म त्यता जान चाहन्न । म सकेसम्म त्यसलाई रोक्न प्रयत्न गर्छु,’ उनले भने ।

यसको निकास खोज्न राजनीतिक दलहरुलाई आफूले आग्रह समेत गर्दै आएको उनले जानकारी दिए ।

 

शुक्रबार, फागुन २५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.