Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

घर भाडामा पनि अजिरकोट गाउँपालिकाको राजनीतिक हस्तक्षेप !

३० फागुन, गोरखा । अजिरकोट गाउँपालिका–३ भच्चेकस्थित राष्ट्रिय वाणिज्य बंैकको शाखा कार्यालय सार्ने बिषयमा गाउँपालिकाले हस्तक्षेप गरेको छ ।

Advertisement

हाल कार्यालय संचालनमा रहेको घर साँघुरो भएको भन्दै बंैकले घर परिवर्तन गर्न खाजेको हो । स्थानीय रामबहादुर गुरुङको घरमा कार्यालय संचालन गर्ने भन्दै बैंकले सम्झौता समेत गरिसकेको छ । तर पालिकाले अनावश्यक हस्तक्षेप गर्दै अवरोध सृजना गरेपछि समस्या भएको हो ।

‘यही फागुन १ गतेबाट मेरो घरमा कार्यालय सर्ने भनेर बैकसँग सम्झौता भएको थियो, तर उहाँहरु आउनुभएन,’ गुरुङले भने, ‘किन नआउनुभएको भनेर सोध्दा पालिकाबाटै अवरोध आयो भन्नुभयो ।’ पालिका अध्यक्ष–उपाध्यक्षले राजनीतिक बिभेद गरेको आरोप लगाउँदै उनले थपे, ‘म कांग्रेसमा आस्था राख्ने मान्छे, तर अध्यक्ष–उपाध्यक्ष माओवादीको परे । उनीहरुले कांग्रेसमा जान दिनु हुन्न भन्ने छ । त्यसैले अवरोध गरेका होलान् ।’

घर भाडामा दिन चाहनेसँग आवेदन माग गर्दै बैकले दुई पटकसम्म सूचना निकालेको थियो । पहिलो पटक गुरुङको मात्र आवेदन परेपछि पुनः सूचना निकालिएको हो । दोस्रो पटक गुरुङसहित कृष्णकुमार श्रेष्ठ र धनबहादुर धितालको आवेदन प¥यो । सूचनामा उल्लेख भए अनुसारको सबै मापदण्ड पुरा भएको र कार्यालय संचालन गर्न उपयुक्त देखिएको भन्दै बैकले गुरुङको घर छनोट ग¥यो । गत माघ ७ गते घरवहालमा दिनका लागी आवश्यक पुर्वाधार तयार गर्न भन्दै बैकले गुरुङलाई पत्राचार ग¥यो ।

ढुकुटी कोठा, भुईमा टायल लगाउने, रंग रोगन गर्ने, जेनेरेटर राख्ने स्थानको सुविका, गार्ड कोठाको व्यवस्था, पार्किडको व्यवस्था आवश्यक शौचालय र भुई तलामा एटीएम मेशिन राख्ने कोठाको व्यवस्था मिलाउन पत्रमा भनिएको थियो । सोही अनुरुप व्यवस्थापन भएपछि माघ २१ गते गुरुङ र बैकबीच मासिक २८ हजार घरभाडा लिने गरी दश बर्षका लागी करार सम्झौता भयो । फागुन १ गतेबाट कार्यालय सर्ने भन्ने सम्झौतामा उल्लेख भएपनि पालिकाकै हस्तक्षपका कारण कार्यालय सर्न नसकेको गुरुङले बताए ।

राष्ट्रिय वाणिज्य बैंक गण्डकी प्रदेश पोखराका कार्यालय प्रमुख प्रमोद अधिकारीले पनि गाउँपालिकाकै कारण कार्यालय सार्न समस्या भएको बताए । ‘सर्नलाई तयार भइसकेका थियौ पालिकाले हामीसँग समन्वय गरेर मात्र अघि बढ्नु भनेर पत्र लेख्यो,’ उनले भने, ‘हामीसँग समन्वय नगरी गर्नुभयो भने हामी कारोवार नै गर्दैनौ समेत भन्नुभयो ।’ स्थानीय स्तरमा द्धन्द्ध मुठभेड गरेर आफूहरु अघि बढ्न नसक्ने उनले बताए ।
साँघुरो भएको भन्दै यसअघि पनि कार्यालय अन्यत्र सार्न खोजिएको तर असहयोग भएको उनले जानकारी दिए ।

‘अहिले कार्यालय रहेको भवन पुरानो छ, स्पेस पनि कम छ । पार्किङपनि समस्या । अलि धेरै ग्राहक भएका बेला सडकमै लाइन बस्नुपर्ने अवस्था छ । त्यही भएर अलि स्पेस भएको ठाउँमा सर्न खोजेका थियौ तर पालिकाले नै सहयोग गरेन,’ अधिकारीले भने । गाउँपालिका आफैले भवन बनाएर कार्यालय संचालन गर्न दिए सहज हुने उनले बताए । यता गाउँपालिका अध्यक्ष दिपक देवकोटाले भने कार्यालय सार्ने बिषयमा पालिकाले कुनै अवरोध नगरेको दावी गरे । ‘अहिले कार्यालय राखेको घरवेटीसँग केही लेनदेनको बिषय रहेछ, त्यो सुल्टाएर जानुस् भनेका हौ,’ उनले भने । आवश्यक समन्वय गर्न पालिका तयार रहेको भन्दै उनले सरसल्लाह गरेर यो बिषय टुंग्याइने बताए । हाल कार्यालय संचालन भएको घर र अहिले सार्न लागेको घरमा केही फरक नभएको भन्दै उनले यसमा पालिकाले कुनै हस्तक्षेप नगर्ने समेत आश्वासन दिए ।

यता गुरुङले भने पालिकाकै हस्तक्षेपका कारण आफ्नो घरमा बैंक नआएको आरोप लगाए । ‘गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा नम्वर ३ का अध्यक्षले संयुक्त रुपमा हस्ताक्षर गरेर बैकको पोखरा कार्यालयमा पत्राचार गरेका रहेछन्,’ उनले भने, ‘के कारणले रोकेको भनेर जवाफ माग्दै मैले पालिकामा निवदेन हालेको छु,’ उनले भने ।

व्यक्ति र संस्था बीचमा भएको सम्झौतामा पालिकाले अनावश्यक हस्तक्षप गरेको भन्दै उनले आक्रोश समेत व्यक्त गरे । २०३९ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैकको भच्चेक शाखा तत्कालिन द्धन्द्धको समयमा बिस्थापित भएको थियो ।

२०६५ सालमा शाखा पुर्नस्थापना भएको हो ।

 

बुधबार, फागुन ३०, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.