Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाको बुटारमा १०० मेगावाट क्षमताको सुपर त्रिशुली जलबिद्युत आयोजना बन्दै

८ चैत्र, गोरखा । गोरखाको गण्डकी गाउँपालिका–१ बुटारमा सुपर त्रिशुली जलबिद्युत आयोजना निर्माणको काम अघि बढेको छ । १९ अर्व लागतमा ब्लु इनर्जी प्रालिले आयोजना निर्माण थालेको हो ।

Advertisement

उक्त आयोजना १०० मेगावाट क्षमताको रहने प्रालिका निर्देशक निरन्जन रेग्मीले बताए । काठमाण्डौको सिई निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएर काम अघि बढाइएको उनले जानकारी दिए । ‘सिभिल र हाइड्रो मेकानिकल कामका लागी सिईसँग ११ अर्वमा ठेक्का सम्झौता गरेका हौ,’ उनले भने, ‘इलेक्ट्रोनिक मेकानिकलका लागी छुट्टै कम्पनीसँग ठेक्का सम्झौता गर्छाै ।’ २०२३ मार्च १६ मा सम्झौता भएर काम अघि बढेको उनले जानकारी दिए ।

आयोजना अन्तरगत अहिले बिद्युत गृह निर्माणका लागी जग खन्ने काम भइरहेको छ । सँगै गोरखाको गण्डकी गाउँपालिका (बुटार) र चितवनको इच्छाकामना गाउँपालिका (चुम्लिङटार) जोड्ने त्रिशुली नदीमाथि बेलिब्रिज पनि बन्दै छ । आयोजनाका लागी भन्दै करिव १४ करोड खर्चेर प्रालि आफैले बेलिब्रिज निर्माण गर्न लागेको हो । बेलिब्रिजको सामग्री भने सडक योजना कार्यालय गोरखाले उपलब्ध गराएको प्रालिले जनाएको छ । बैशाख महिनाभित्र बेलिब्रिज तयार गर्ने योजना प्रालिको छ ।

नदी प्रवाह (रन अफ रिभर) मा आधारित नेपालको यो नै पहिलो आयोजना भएको प्रालिले दावी गरेको छ । ‘यसमा सुरुङ हुदैन, बाँधसँगै बिद्युत गृह हुन्छ, यो मोडलको जलबिद्युत आयोजना नेपालमा अहिलेसम्म बनेको छैन, यो नै पहिलो हो,’ वातावरण इन्जिनियर एवं आयोजनाका परामर्शदाता सलिल देवकोटाले भने । समुन्द्री सतहदेखि २ सय ७५ मिटरमाथि बाँध बनेर पानीको ताल बन्ने उनले बताए ।

उनका अनुसार यस आयोजनामा ‘होरिजेन्टल बल्ब’ प्रकारको तीन वटा टरवाइन प्रयोग हुने छन् । टरवाइनहरु ३४.३६ मेगावाट क्षमताको रहने छन् ।

आयोजनाले करिव २४ हेक्टर क्षेत्रफल जमिन ओगट्ने बताइएको छ । करिव ४० रोपनी निजी जग्गा खरिद समेत गरिसकेको प्रालिले जनाएको छ । ‘केही क्षेत्र वनको पनि पर्छ, दुई हजार जति रुख काट्नुपर्ने देखिएको छ,’ प्रालिका निर्देशक रेग्मीले भने, ‘हामीले एउटा रुख काटे वापत दश वटा रोप्ने र पाँच बर्षसम्म हामीले हेरचाह गर्ने प्रतिवद्धता सहित नेपाल सरकारसँग अनुमति लिइसकेका छौ ।’ आयोजना क्षेत्रमा पर्ने ६ वटा घाटहरु आयोजना बनेपछि सोही ठाउँमा पुनस्र्थापना गरिदिने उनले जानकारी दिए । माछालाई आवतजावतमा अवरोध नहोस् भन्ने उदेश्यले बाँधमा माछाको भ¥याङको व्यवस्था गरिने उनले बताए ।

चार बर्षभित्र आयोजनाको काम सक्ने लक्ष्य राखिएको छ । उत्पादित बिद्युत केन्द्रिय प्रशारण लाइनमा जोडिने छ । आयोजना बनेपछि स्थानीयले बहुपक्षिय लाभ लिन सक्ने बताइएको छ । ‘स्थानीयले रोजगार पाउछन्, व्यापार व्यवसायमा बृद्धि हुन्छ, बाँधमाथि बन्ने तालमा केज माछापालन, नौका बिहार संचालन गर्न सकिन्छ, फेरी तालको छेउछाउ होटल व्यवसाय पनि संचालन गर्न सकिन्छ,’ वातावरण इन्जिनियर देवकोटाले भने । पर्यटन प्रवद्र्धनमा समेत आयोजनाले सघाउ पु¥याउने उनले जानकारी दिए ।

प्रालिले २०६६ सालमै सर्भे लाइसेन्स लिएको थियो । २०७२ सालको भूकम्प अगाडी टेन्डर निकालेर चाइनिज कम्पनीलाई काम दिइएको थियो । तर कोरोनाका कारण चाइनिज कम्पनीले काम सम्पन्न गर्न सकेन । वित्तिय व्यवस्थापन समयमै नगरेको भन्दै बिद्युत बिकास बिभागले प्रालिको लाइसेन्स पनि खारेज गरिदिएको थियो । पछि मुद्दा गरेर जितेपछि पुन लाइसेन्स प्राप्त गरेको प्रालिले जनाएको छ ।

२०७४ सालमा बिद्युत उत्पादन लाइसेन्स पाएको प्रालिले २०७५ मा बिद्युत खरिद बिक्री सम्झौता गरेको हो ।

 

बिहिबार, चैत ०८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.