Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा आठ महिनाको अवधिमा १ सय ३० जनामा क्षयरोग संक्रमण

"गोरखा र पालुङटारमा क्षयरोगमुक्त अभियान संचालन हुने "

१२ चैत्र, गोरखा । आठ महिनाको अवधिमा गोरखामा १ सय ३० जनामा क्षयरोग संक्रमण देखिएको छ । चालु आर्थिक बर्षको फागुन महिनासम्म उक्त संख्यामा क्षयरोगको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Advertisement

कार्यालयको तथ्याङ्क अनुसार सबैभन्दा बढी गोरखा नगरपालिकामा ३८ जनामा संक्रमण देखिएको छ । पालुङटारमा १६, आरुघाटमा १५, धार्चेमा ११, बारपाक सुलिकोटमा १० र सिरानचोकमा ९ जनामा संक्रमण देखिएको कार्यालयका क्षयरोग फोकल पर्सन नारायणबाबु अर्यालले बताए । त्यस्तै शहिदलखन गाउँपालिकामा ८, गण्डकीमा ७, अजिरकोटमा ६, भिमसेन थापा र चुमनुव्रीमा ५÷५ जनामा संक्रमण देखिएको उनले जानकारी दिए । ‘यो बर्ष ५ सय ३७ जना क्षयरोग संक्रमित पत्ता लगाउने लक्ष्य हो,’ अर्यालले भने, ‘तर हालसम्म २४ प्रतिशत अर्थात १ सय ३० जनामा पत्ता लागेको छ ।’

कार्यालयका अनुसार आर्थिक बर्ष २०७७÷७८ मा जिल्लामा १ सय ६७ जनामा क्षयरोग संक्रमण पुष्टी भएको थियो । त्यस्तै आव २०७८÷७९ मा २१६ र आव २०७९÷८० मा २ सय १४ जनामा क्षयरोग संक्रमण देखिएको थियो । विश्व क्षयरोग दिवसको सन्दर्भ पारेर शनिवार स्वास्थ्य कार्यालयले पत्रकार अन्तरक्रिया गर्दै सो तथ्याङ्क सार्वजनिक गरेको हो । कार्यक्रममा सहजिकरण गर्दै गोरखा नगरपालिका स्वास्थ्य शाखाका निश्चल अर्यालले क्षयरोगका लक्षण र यसबाट बच्ने उपायबारे जानकारी गराएका थिए । उनका अनुसार दुई हप्तादेखी लगातार खोकी लाग्नु, थकान महशुस हुनु, तौल घट्नु आदि क्षयरोगका मुख्य लक्षण हुन् ।

गर्भवती, एचआईभी, सुगर, प्रेसर, कुपोषण लगायतका रोग भएका बिरामीलाई छिटो संक्रमण हुन सक्ने उनले जानकारी दिए । क्षयरोगका बिरामीहरुलाई जिल्ला स्थित सबै स्वास्थ्य संस्थाबाट निशुल्क औषधी वितरण हुदै आएको छ । उनीहरुलाई पोषण भत्ता समेत उपलब्ध गराइने अर्यालले जानकारी दिए । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सहजै सर्ने भएकाले सर्तकता अपनाउने उनले आग्रह समेत गरेका छन् ।

गोरखा र पालुङटार नगरपालिकामा क्षयरोगमुक्त अभियान संचालन हुने भएको छ । राष्ट्रिय क्षयरोग केन्द्रले हाल जिल्लाका दुई नगरपालिकालाई अभियानमा समावेश गरेको हो । अभियान संचालनका लागी गोनपाका लागी ३५ लाख र पानपाका लागी २५ लाख रकम समेत विनियोजन भएको कार्यालयका अर्यालले जानकारी दिए ।

‘केन्द्रले पञ्चबर्षीय योजनाका रुपमा जिल्लाको दुई पालिकामा कार्यक्रम ल्याएको छ’, उनले भने, ‘सो कार्यक्रम बिस्तारै सबै पालिकाहरुमा पनि लागु हुनेछ ।’ अभियान संचालनका लागी केन्द्रले दुई नगरपालिकामा एक÷एक जना संयोजक समेत राखिसकेको छ ।

प्रत्येक वडा, टोलहरुमा स्वास्थ्यकर्मी एवं महिला स्वयमसेविका मार्फत उनीहरुले तथ्याङ्क संकलन, क्षयरोग परिक्षण लगायतका कामहरु गर्ने बताइएको छ ।

सोमबार, चैत १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.