Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

त्रिशूली ट्याक्सी दुर्घटना : दाई म डुब्न लागे बचाउनुस् भन्दै अर्जुनले फोन गरेका थिए

१७ चैत्र, गोरखा । शनिवार बिहान काठमाडौंबाट गोरखा आउँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खस्दा एकै परिवारका पाँच जनाको मृत्यु भयो । मृत्यु हुनेमा गोरखा नगरपालिका–७ पौवाखेतकी ७० वर्षीया जुनकिरी रोका, वडा नं ४ फिनामकी ४१ बर्षीय हरिमाया रोका, ८ बर्षीय आगमन उपरकोटी, याङकोटकी २८ वर्षीया अञ्जना रोका र चालक गोरखा नगरपालिका–७ बतासेका ३५ वर्षीय अर्जुन सिर्मल रहेका छन् । पौवाखेतका १८ वर्षीय विवश रोका अझै वेपत्ता छन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।

Advertisement

गोरखा नगरपालिका–७ पौवाखेतका शंकर रोकाको क्यान्सरबाट मृत्यु भएपछि उनीहरु दाहसंस्कारका लागी शुक्रवार काठमाडौं गएका थिए । शुक्रवार राती करिव ११ बजे दाहसंस्कारको काम सकेपछि गोरखा फर्कने निधो गरे । दुई वटा ट्याक्सी र एउटा माइक्रोमा उनीहरु सँगसँगै काठमाडौंबाट गोरखा तर्फ लागे ।

एउटा ट्याक्सी प्रकाश रोकाले चलाएका थिए । उनी मृतक अर्जुन (ट्याक्सी चालक) का जेठान हुन्् । अर्काे ट्याक्सी अर्जुन स्वयमले चलाएका थिए । ‘मेरो ट्याक्सीमा ज्वाँई (अर्जुन) को बुढी, भान्जी, भाईको छोरी र क्यान्सर लागेर बित्ने दाईको बुढी हुनुहुन्थ्यो,’ प्रकाशले भने, ‘ज्वाँइ (अर्जुन) ले चलाउनुभएको ट्याक्सीमा क्यान्सरबाट बित्नुभएका दाईको आमा, छोरा, जेठी दिदी, भान्जा, माइला ज्वाई र कान्छी बहिनी चढनुभएको थियो ।’ बिहान ४ बजे सबै चरौदी आइपुगेर सँगै चिया नास्ता गरेको उनले बताए ।

‘त्यहाँबाट म अगाडी लागे । बाटोमा अर्जुन ज्वाँइले फोन गरेर बाबुलाई खुवाउन स्याउँ किन्नुप¥यो, मुग्लिनमा रोक्नु है भन्नुभयो,’ प्रकाशले भने । उनी मुग्लिन आएर पर्खिरहे । माइक्रोले उनलाई उछिनेर गयो । तर अर्जुनले चलाएको ट्याक्सी अझै आइपुगेन । ‘सँगै आएको माइक्रोले उछिनेको १०–१५ मिनेट भइसक्दा पनि नआएपछि मैले ज्वाँइलाई दुई पटकसम्म फोन गरे तर उठेन,’ उनले भने, ‘पछि उतैबाट फोन आयो । फोन उठाउँदा एक्कासी दाई म डुव्न लागे मलाई बचाउनुहोस् भन्दै अत्तालिदै बोल्नुभयो ।’ बिहान ५ बजेर ६ मिनेट जाँदा फोन आएको उनले बताए ।

लोकेशन भन्नुस् भन्दै प्रकाशले बारम्वार सोधिरहे । तर उताबाट ‘म डुव्न लागे बचाउनुस्’ भन्ने बाक्य मात्र दोहोरिरह्यो । आवाज सानो हुदैँ गयो । त्यसपछि प्रकाश ट्याक्सी लिएर मझिमटार फर्किए ।

‘माइक्रोले उहाहरुलाई मझिमटारमा ओभरटेक गरेको रहेछ, त्यसैले त्यहाँबाट यता बाटोमा केही भयो भन्ने लागेर सिधै मझिमटार गयौ,’ प्रकाशले भने । मझिमटारबाट खोज्दै उनीहरु कुरिनटार आइपुगे । नभेटिएपछि प्रहरीलाई खवर गरे । प्रहरीले बिभिन्न ठाउँमा खवर ग¥यो । फर्कदै गर्दा प्रहरीको उद्धारमा खटिएको देखेपछि बल्ल दुर्घटना भएको थाहा पाए ।

मृतकहरुको शव गोरखा अस्पताल ल्याएर पोष्टमार्टम गरिएको छ ।

सोमबार, चैत १९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.