Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाबाट शुरु भयो नेपाली सेनाको जितगढीसम्मको एकीकरण पदयात्रा

२७ चैत्र, गोरखा । नेपाली सेनाको दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा शुरु भएको छ । मंगलवार गोरखा दरवारबाट यात्रा शुरु भएको हो । अधिकृतको कमाण्डमा ४८ जना यात्रामा सहभागी छन् ।

Advertisement

उनीहरुलाई एक कार्यक्रमका बीच तत्कालिन समयमा पृथ्वीनारायण शाहले खडा गरेको पाँच पल्टन (पुरानो गोखर, कालिबक्स, बर्दवाणी, सवुज र श्रीनाथ) को झण्डा र टर्च लाइट दिएर विदाइ गरिएको रिपुमर्दन गणका गणपती अशोककुमार क्षेत्रीले बताए । नेपाली सेनाका पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोष बल्लभ पौडेल, गोरखा जिल्ला अदालतका न्यायधीश शिवबहादुर रानाभाट, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, प्रमुख जिल्ला अधिकारी भोला दाहालले संयुक्त रुपमा झण्डा र टर्च हस्तान्तरण गरेका हुन् । गोरखाबाट शुरु भएको यात्रा तनहुँ पाल्पा हुदैँ जितगढी पुग्ने गणपती क्षेत्रीले बताए ।

‘आठ दिनको यात्रा हुनेछ,’ उनले भने, ‘गोरखाको टोलि पालुङटारको सतिघाट पुगेर तनहूँलाई हस्तान्तरण गर्छ । तनहूँले पाल्पालाई र पाल्पाले रुपन्देहीलाई बुझाउछ ।’ रुपन्देशीको टोलि बैशाख ५ गते जितगढी पुगेर बिजय उत्सवमा सहभागी हुने उनले जानकारी दिए । उनका अनुसार नेपाल र तत्कालिन ब्रिटिस इस्ट इण्डिया कम्पनीबीच भएको लडाइमा बिजय प्राप्त गरेको दिन (बैशाख ७ गते) लाई बिजय उत्सवको रुपमा मनाउने गरिन्छ ।

ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्दै इतिहासको जगेर्ना गर्ने उदेश्यका साथ पदयात्रा शुरु गरिएको पृतनापति पौडेलले बताए । पर्यटन प्रवद्र्धनमा समेत यसले सहयोग पु¥याउने उनले जानकारी दिए ।

करिव दुई सय सात किलोमिटर दुरीको यात्रामा सहभागीलाई सम्बन्धित स्थानीय तह र जिल्लाको सिमानामा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरु सहितको उपस्थितिमा बिदाई गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।

मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.