Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा घरेलु उद्योग तथा फर्म बन्द हुने क्रम बढ्दो

२७ चैत्र, गोरखा । जिल्लामा संचालित घरेलु उद्योग तथा पसलहरु बन्द हुने क्रम बढ्न थालेको छ । कोभिड पश्चात यो क्रम बढ्न थालेको पर्यटन तथा उद्योग कार्यालय गोरखाले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको फागुन मसान्तसम्म ६० वटा उद्योग बन्द भइसकेका छन् ।

Advertisement

‘बन्द गर्न भन्दै आवश्यक कागजात सहित उहाँहरुले कार्यालयमा निवेदन दिनुभयो,’ कार्यालय प्रमुख सुर्य भुजेलले भने, ‘आवश्यक प्रक्रिया पु¥याएर हामीले दर्ता खारेज गरिदियौ ।’ त्यस्तै पसल संचालन गर्दै आएका ७३ वटा फर्म पनि खारेज गरिएको उनले जानकारी दिए । उनका अनुसार गत आर्थिक बर्ष २०७९\८० मा कुल ३९ वटा घरेलु उद्योग बन्द भएका थिए भने १ सय ७ वटा फर्मको दर्ता खारेज भएका थिए ।

शिविरमा २५ वटा उद्योग\व्यवसाय दर्ता

कार्यालयले बिभिन्न स्थानीय तहमा संचालन गरेको उद्योग\व्यवसाय दर्ता शिविरमा ११ वटा उद्योग र १४ वटा वाणिज्य फर्म (पसल) दर्ता भएका छन् । सबैभन्दा धेरै आरुघाट गाउँपालिकामा आठ वटा नयाँ उद्योग दर्ता भएको कार्यालय प्रमुख भुजेलले बताए ।

अजिरकोट गाउँपालिकामा २ र पालुङटार नगरपालिकामा १ वटा उद्योग दर्ता भएको उनले जानकारी दिए । शिविरमा ४ वटा उद्योग नविकरण भएको र २ वटा खारेज गरिएको बताइएको छ । वाणिज्य तर्फ १५ वटा फर्म नविकरण र २ वटा फर्म खारेज गरिएको कार्यालयले जनाएको छ । शिविरमा उपलब्ध गराइएको बिभिन्न सेवाबाट कुल ७२ हजार ९ सय राजश्व रकम संकलन भएको कार्यालय प्रमुख भुजेलले बताए ।

उनका अनुसार चालु आवको फागुन मसान्तसम्म १ सय २२ वटा उद्योग र वाणिज्यतर्फ ७८ प्राइभेट फर्म दर्ता भएका छन् । गत आव २०७९\८० मा भने कुल ३ सय १५ नयाँ उद्योग दर्ता भएको र वाणिज्य तर्फ १ सय ५४ वटा नयाँ फर्म दर्ता भएको कार्यालयले जनाएको छ ।

मङ्गलबार, चैत २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.