Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा जेठ १६ देखि पोलियो रोग बिरुद्धको खोप अभियान शुरु हुने

१३ बैशाख, गोरखा । जिल्लामा पोलियो रोग बिरुद्धको आइपिभि खोप अभियान संचालन हुने भएको छ । २०७३ साल बैशाखदेखि २०७५ साल असोज महिनाभित्र जन्मिएका बालबालिकालाई लक्षित गरी अभियान संचालन गर्न लागिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

Advertisement

जेठ १६ गतेदेखि २२ गतेसम्म जिल्लाका सबै पालिकामा एकैसाथ अभियान संचालन हुने कार्यालयका खोप फोकल पर्सन एवं जनस्वास्थ्य निरिक्षक नानीबाबु दानीले बताए । ‘खोप अभाव भएर २०७३ साल जेठ महिनादेखि २०७५ साल भदौ महिनासम्मका लक्षित समूहका बालबालिकाहरु खोप लगाउन छुटेका थिए,’ उनले भने, ‘उनीहरुलाई लक्षित गरीे अहिले खोप अभियान संचालन हुन लागेको हो ।’

अभियान अन्तरगत करिव १३ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको उनले जानकारी दिए । सो अवधिमा खोप लगाउन छुटेका बालबालिकालाई एक मात्रा आइपिभि खोप लगाउन राष्ट्रिय खोप सल्लाहकार समितिको २०७९ मसिर २५ गतेको बैठकले सिफारिस गरेको थियो । सोही सिफारिसको आधारमा चालु आर्थिक बर्ष २०८०÷८१ मा खोप अभियानका लागी बजेट विनियोजन भएको र अभियान संचालन गर्न लागिएको कार्यालयले जनाएको छ ।

बिद्यालयहरुमा खोप केन्द्र रहने भएकाले पायक पर्ने बिद्यालयमा लगेर आफ्नो बालबालिकालाई खोप लगाउन कार्यालयले आग्रह गरेको छ । कार्यालयका अनुसार पोलियो रोग लागेका व्यक्तिलाई अतिशिघ्र लुलो पक्षघातसँगै मृत्युसम्म हुन सक्छ ।

५ बर्ष मुनिका बालबालिकालाई यो रोग लाग्ने बढी जोखिम रहेको कार्यालयका दानीले बताए । यो रोगको कुनै निश्चित औषधी उपचार नभएकाले यसबाट बच्न खोप नै लगाउनुपर्ने उनको भनाइ छ ।

बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.