Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बारपाकको भूकम्प स्मृति पार्क : ज्यान गुमाउनेहरुको नाम नपाएर दुई बर्षदेखि काम रोकियो

१३ बैशाख, गोरखा । २०७२ सालको भूकम्पमा ज्यान गुमाएकाहरुको नाम उपलब्ध नभएपछि बारपाकमा निर्माणाधिन स्मृति पार्कको काम विगत दुई बर्षदेखि रोकिएको छ । गृह मन्त्रालयले नामावली नदिएकै कारण काम रोकिएको संघिय आयोजना कार्यान्वयन इकाइ कास्कीले जनाएको छ ।

Advertisement

‘हामीलाई गृह मन्त्रालयले नामावली दिने हो,’ कार्यालयका इन्जिनियर बिरबर सुनारले भने, ‘तर अहिलेसम्म दिएको छैन ।’
पार्कभित्र भूकम्प अति प्रभावित १४ जिल्लामा भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा ‘स्मृति स्तम्भ’ निर्माण गरिएको छ । त्यसमा १४ जिल्लाको छुट्टाछुट्टै स्तम्भ पनि छन् । सोही स्तम्भको भित्तामा नाम लेख्ने काम बाँकी रहेको इन्जिनियर एवं सूचना अधिकारी गोपिचन्द्र आचार्यले बताए । ‘स्तम्भको भित्तामा नाम लेख्ने वाहेकको अरु सबै काम लगभग सकिसक्यो,’ उनले भने, ‘तर नाम नभएर काम रोकिएको छ ।’

उनका अनुसार २०७४ साल मंसिर १४ गते ठेक्का सम्झौता भएर पार्क निर्माणको काम अघि बढेको हो । सम्झौता अनुसार २०७७ साल जेठ १३ गते काम सक्नुपर्ने थियो । हालसम्म चार पटक म्याद थप भइसकेको छ । अन्तिम पटक २०८० साल माघ ३० गते थप भएको म्याद पनि सकिसक्यो । काम सम्पन्न नभएपछि पुनः म्याद थपको प्रक्रियामा रहेको कार्यालयले जनाएको छ ।

पार्क निर्माणको जिम्मा पाएको स्वच्छन्द÷होम निर्माण जेभीले सरकारले नाम उपलब्ध नगराएर योजना अलपत्र बनेको जनाएको छ । ‘तीन बर्ष भयो नाम दिन्छु भनेको तर अहिलेसम्म पाएका छैनौ,’ निर्माण कम्पनीका प्रोपराइटर होमबहादुर वानियाले भने । नाम नदिने तर पटक पटक म्याद थप गरिरहँदा आर्थिक रुपमा घाटा व्यहोर्नु परेको भन्दै उनले गुनासो गरे । उनले भने, ‘नाम दिदैनन् तर म्याद थप मात्र भयो भन्छन् । म्याद थप गर्दा बैंकिङ र इन्स्यूरेन्स कमिसन बुझाउँनुपर्छ, करिव पाँच लाख खर्च हुन्छ ।’

पार्कभित्र निर्माण भएका संरचनाहरु समेत बिग्रन थालिसकेको उनले बताए । पार्कभित्र रहेको पोखरीमा बिछ्याइएको टायलहरु फुटाइदिएको उनले गुनासो गरे । ‘गत भदौ महिनासम्म पार्कमा कुरुवा राखेका थियौ, तर सरकारले नाम कहिले दिने टुंगो नभएपछि हटायौ,’ उनले भने । कार्यालयसँग पटक पटक नामावली माग गर्दा पनि उपलब्ध गराउन नसकेको उनले बताए ।

‘केन्द्रमा पटक पटक चिठी लेख्यौ, मौखिक रुपमा पनि धेरै पटक भन्यौ, हामीले गृहलाई भनेका छौ तपाई नआत्तिनुस् नामावली आउँछ भन्नुभयो तर अहिले सम्म छैन,’ उनले भने । नामावली पाएको एक महिनाभित्र काम सम्पन्न हुने उनले जानकारी गराए ।

यता गृह मन्त्रालयको विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणी पाण्डेले आफूहरुसँग नामावली नै माग नभएको बताएका छन् । ‘हामीसँग माग भएको छैन, मलाई अहिलेसम्म यो बारेमा जानकारी पनि छैन,’ उनले भने ।

पार्क निर्माणको कुल लागत १२ करोड १४ लाख ६१ हजार रहेको बताइएको छ । सरकारी स्वामित्वको २ सय १६ रोपनी क्षेत्रफलमा पार्क निर्माण भएको हो । पार्कभित्र बगैचा सहित शौचालय, चमेना गृह, पार्किङ स्थल र सडक निर्माण भएका छन् ।

बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.