Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

शहीद लखनको वडा नम्वर ७ पालिकाकै उत्कृष्ट वडा बन्न सफल

१६ बैशाख, गोरखा । शहीद लखन गाउँपालिकाको वडा नम्वर ७ पालिकाकै उत्कृष्ट वडा बन्न सफल भएको छ । बिभिन्न मापदण्डलाई आधार मानेर पालिकाले गरेको आन्तरिक स्वःमूल्याकंनको आधारमा उक्त वडा उत्कृष्ट बन्न सफल भएको हो ।

Advertisement

पालिकाले बिभिन्न इण्डिकेटर बनाएर यो बर्षबाट वडाहरुको कामको मूल्याकंन शुरु गरेको हो । योजना छनोट, योजना सम्झौता, योजना रकमान्तर, भुक्तानी, सेवा प्रवाह, राजश्व संकलन, बेरुजु, सुशासन लगायतका इण्डिकेटर तयार गरिएको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताए । ‘लिजाको जस्तै मापदण्ड बनाएका छौ,’ उनले भने, ‘सोही मापदण्ड अनुसार वडाले गरेको कार्यसम्पादनको आधारमा अंकभार प्रदान गर्छाै ।’ चालु आर्थिक बर्षको साउनदेखि चैत्र महिनासम्मको कार्यसम्पादनको आधारमा यो बर्ष वडा नम्वर ७ उत्कृष्ट बन्न सफल भएको उनले जानकारी दिए ।

उत्कृष्ट बने वापत यो बर्ष वडाले थप पाँच लाख बजेट प्राप्त गर्ने पालिकाले जनाएको छ । ‘कार्यसम्पादनको आधारमा उत्कृष्ट बन्ने वडालाई प्रोत्साहन स्वरुप पाँच लाख रकम दिने भन्ने निर्णय गरेका छौ । त्यो रकम वडाले भौतिक पूर्वाधारमा खर्च गर्नुपर्ने हुन्छ,’ पालिका अध्यक्ष मगरले भने ।

काम गर्ने जोश जागर बढाउँदै वडाको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उदेश्यले यो कार्यक्रम संचालन गरिएको उनले बताए । आगामी बर्षहरुमा पनि यो कार्यक्रमले निरन्तरता पाउने उनको भनाइ छ । ‘हामी समिक्षा बैठक बसेर मूल्याकंनका केही इण्डिकेटरहरुलाई पुनः मूल्याकंन पनि गर्न सक्छौ,’ उनले भने ।

यो कार्यक्रमले वडाहरुलाई कार्यसम्पादनमा थप हौसला प्रदान हुने उनको अपेक्षा छ ।

आइतबार, बैशाख १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.