Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

भाइरल बन्दै परम्परागत शैलिमा बनाइएको सिरानडाँडाको घर

२६ बैशाख, गोरखा । ढुंगा छाएर परम्परागत शैलिमा बनाइएको अजिरकोट गाउँपालिका–४ सिरानडाँडाको एउटा घर अहिले निकै भाइरल   छ । भच्चेकहुदैँ सिरानडाँडा घुम्न जाने पर्यटकको ध्यान त्यसतर्फ केन्द्रीत भइहाल्छ । फोटो खिच्नकै लागी पर्यटकको भिड लाग्ने गर्छ । ‘यहाँ आउँदा यो घरले आकर्षण गर्छ,’ घुम्नका लागी सिरानडाँडा पुगेका मोहन श्रेष्ठले भने, ‘अहिले जताततै आरसिसी घर छ, यस्तो घर बिरलै देख्न पाइन्छ ।’

Advertisement

गाउँले परिवेशको झल्को दिने उक्त घर स्थानीय श्रीप्रसाद तामाङको हो । २०७२ को भूकम्पले घर भत्किएपछि उनले त्यो घर बनाए तर, परम्परागत शैलिलाई मेट्न दिएनन् । उनले तीन वटा छुट्टै सरचना बनाएका छन् । सबै संरचना ढुंगा छाएर परम्परागत शैलिमा बनाइएको छ । ‘पहिले गाउँ घरमा तल गोठ हुन्थ्यो, त्यसपछि धन्सार अनि बार्दली सहित ढुंगाले छाएको घर हुन्थ्यो,’ उनले भने, ‘त्यही हिसावले मैले पनि तीन वटा छुट्टाछुट्टै संरचना बनाएको छु ।’

उनका अनुसार गोठ र धन्सार भनेर बनाइएको संरचनामा बार्दली निकालिएको छैन । मुख्य घरमा भने बार्दली राखिएको छ । स्थानीय स्रोत साधन, स्थानीय ज्ञान सिप र स्थानीय स्तरकै मौलिकता भएको घर निर्माण गर्दा आफ्नो पुख्र्याैली थलोसँग ‘सेन्टिमेन्टल याट्याचमेन्ट’ भएको महशुस हुने उनको भनाइ छ । ‘गाउँमा आएपछि गाउलेपन हुनुप¥यो, मेरो पुख्र्याैली थलोमा सेन्टिमेन्टल याट्याचमेन्ट हुन्छ, हिजोको बस्तुमा कनेक्सन हुन पाउँदा म छुट्टै फिल गर्छु,’ उनले भने ।

उनी प्राय गाउँमा बस्दैनन् । भूपू यूके आर्मी उनको स–परिवार लण्डनमा छन् । तर गाउँको मौलिकता जोगाउन भन्दै उनले बनाएको घरमा अहिले पर्यटकहरुको घुइँचो लाग्छ, सेल्फी र फोटोका लागी । आफ्नो घरमा पर्यटकको घुइँचो लाग्दा आफूलाई कुनै आपत्ति नरहेको उनी बताउँछन् । उनी भन्छन्, ‘हुन त यो मेरो निजी घर हो, तर कोही घुम्न आउँदा यहाँ रमाएर फोटो खिच्छन् भने मलाई त्यसमा आपत्ति छैन ।’

आधुनिकताले खिचेको बेला युवापुस्ताको परम्परागत घरप्रति आकर्षण बढ्नु राम्रो पक्ष भएको उनको भनाइ छ । पछिल्लो समय पर्यटकको गन्तव्य स्थल बन्दै गएको भच्चेक पुग्नेहरुका लागी फोटो खिच्ने उपयुक्त स्थान सोही घर बनेको छ ।

बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.