Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

‘माइ टास्क’ : व्यस्त कार्यतालिकालाई व्यवस्थित गर्ने नेपाली एप

१२ गोरखा । दैनिक कामकाज, भेटघाट, बैठक तथा अन्य महत्वपूर्ण कार्यहरु व्यवस्थित गर्ने उद्देश्यले नयाँ एप विकास गरिएको छ । नेपाली युवाहरुले बिकास गरेको ‘माइ टास्क’ अर्थात् ‘मेरो काम’ नाम दिइएको उक्त एपमा आफूले बिभिन्न समयमा सम्पन्न गर्नुपर्ने कामहरु, महत्वपूर्ण भेटघाट, बैठक तथा निश्चित समयभित्र सम्पन गरिसक्नुपर्ने कामहरुको पहिले मिति, समय र कामको विवरण रेकर्ड गरिन्छ ।

Advertisement

त्यसपछि एपले समयक्रम अनुसार क्रमशः आज, भोलि, एक हप्ताभित्र, एक महिनाभित्र तथा त्यसपछिका दिन र समयमा गर्नुपर्ने कामहरु व्यवस्थित ढंगले देखाउँछ । महत्वपूर्ण कामहरु, बैठक तथा निश्चित समयभित्र सम्पन्न गरिसक्नुपर्ने कामहरुको बारेमा तोकिएको समयभित्र एसएमएसमार्फत् प्रयोगकर्ताको मोबाइलमा पूर्वसूचना दिने सुविधासमेत यस एपमा छ ।

त्यस्तै एकै दिनमा गर्नुपर्ने कामको संख्या धेरै भएको अवस्थामा ती कामहरुको प्राथमिकता निर्धारण गर्ने, सम्पन्न भइनसकेका तथा निरन्तर निगरानीमा राख्नुपर्ने कामहरुलाई काम नसकिएसम्म दोहोर्याएर देखाइराख्ने साथै कुनै काम पछिलाई सार्नुपर्ने भए सजिलै सार्न मिल्ने फिचर्स यस एपमा समावेश छ ।

यस एपमा कुनै पनि बैठक सम्पन्न भैसकेपछि उक्त बैठकका निर्णयहरु भविष्यका लागि सुरक्षित भण्डारण गर्न सकिन्छ । साथै व्यक्तिगत घटनाहरुको जानकारी तथा भ्रमणका रमाइला सम्झनाहरु समेत यस एपमा रेकर्ड गरेर राख्न मिल्छ । यस एपका डिजाइनर तथा इनोभेटिभ इन्जिनियरिङ सर्भिसेज प्रालिका कार्यकारी अध्यक्ष इन्जिनियर अनुप खनाल भन्छन्, ‘यो एप नेता, व्यापारी, कर्मचारी, डाक्टर, इन्जिनियर, अभियन्ता, पत्रकार लगायत सबैलाई उपयोगी हुने खालको छ । यो एपले तपाईंको सहयोगीकै रुपमा काम गर्छ ।’

सुरुमा आफ्नै कार्यालयका कर्मचारीहरुको दैनिक कामकाजलाई व्यवस्थित गर्ने उद्देश्यले यो एपको विकास गरिएको भए पनि पछि विभिन्न सुझावहरुको आधारमा सुरुको डिजाइनमा केही विशेष सुविधाहरु थप गरी सबैलाई उपयोगी हुने गरी परिमार्जन गरिएको खनालले बताए ।

सर्वसाधारणलाई जानकारी दिने तथा उनीहरुलाई यसको उपयोगिता परीक्षण गर्न दिने उद्देश्यले कम्पनीले उक्त एपलाई एक हप्ताका लागि निःशुल्क प्रयोग गर्न सकिने गरी वेबसाइटमा राखेको छ । यसको लागि www.stationlogin.com/mytask टाइप गरी आफ्नो एकाउन्ट दर्ता गरेर प्रयोग गर्न सकिन्छ ।

शनिबार, जेठ १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.