Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा–चीन सीमानामा पहिलो पटक संयुक्त सुरक्षा गस्ती

१ जेठ, गोरखा । उत्तरी गोरखामा स्थापित बोर्डर आउटपोस्ट (बिओपी) को टोली र चिनियाँ सुरक्षाकर्मीको टोलीले पहिलो पटक संयुक्त सुरक्षागस्ती गरेको छ ।

Advertisement

चुमनुब्री गाउँपालिका १ को साम्दोमा स्थापित बिओपीमा खटिएका सशस्त्र प्रहरीको टोली र चिनियाँ प्रहरी टोलीले शुक्रबार पहिलो पटक संयुक्त गस्ती गरेको सशस्त्र प्रहरीको गोरखास्थित कार्यालय प्रमुख सुमन बोगटीले जानकारी दिए । दुवैतर्फका सीमा सुरक्षा प्रहरीका इञ्चार्ज इन्स्पेक्टर नेतृत्वको टोलीले संयुक्त गस्ती गरेको उनले बताए । उनीहरुले रुइला भञ्ज्याङस्थित ३५ नंबर सीमास्तम्भ आसपास गस्ती गरेका हुन् ।

रुइलाभञ्ज्याङ दुई देश बीच आवतजावत गर्ने मौसमी नाका हो । सो नाका बिगत पाँच बर्षदेखि बन्द अबस्थामा छ । गस्तीका क्रममा दुवैतर्फका सुरक्षाकर्मीका बीच अनौपचारिक छलफल कार्यक्रम पनि भएको थियो । कार्यक्रममा सीमा क्षेत्रमा अवाञ्छित गतिविधि गर्न पूर्ण रुपमा निषेध गर्ने बारेमा छलफल भएको थियो ।

साथै नियमित सम्पर्क र समन्वयमा रही आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी बनेको डिएसपी सुमन बोगटीले जानकारी दिए । सीमा सुरक्षाका लागि सरकारले यही जेठको १३ गते साम्दोमा बिओपी स्थापना गरेको थियो ।

आइतबार, असार ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.