Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

चुमनुव्रीको नीति : हवाई उडान प्रतिवन्ध हटाउन पहल गर्ने

१३ असार, गोरखा । चुम उपत्यकाको ऐतिहासिक श्याग्या (अहिंसा) परम्परालाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा राख्न चुमनुव्री गाउँपालिकाले बिशेष पहल गर्ने भएको छ । आइतवार आगामी आर्थिक बर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पालिका अध्यक्ष निमा लामाले सो कुरा बताएका हुन् ।

Advertisement

हवाई उडान प्रतिवन्ध हटाउन आवश्यक पहल गर्ने नीति लिइएको उनले जानकारी दिए । ‘सुत्केरी तथा इमर्जेन्सी बिरामीलाई हेलिकप्टरबाट तत्काल उद्दार गर्न हाल बिभिन्न तहमा अनुमति लिनुपर्ने झन्झटिलो प्रक्रिया अन्त्य गर्नको लागि हवाई उडान प्रतिवन्ध हटाउन आवश्यक पहल गरिनेछ,’ उनले भने ।

सिसा तथा प्लाष्टिकमुक्त पालिका बनाउन आवश्यक नीतिगत व्यवस्था गर्दै कार्यान्वयनमा लगिने बताइएको छ । वडा नम्वर ६ चुमलिङस्थित सिद्ध गणेश आधारभूत बिद्यालयमा संघीय बिशेष अनुदानबाट बिद्यालय छात्रावास निर्माण गर्ने र बुद्ध माविलाई १२ कक्षासम्म स्तरोन्नती गरि पठनपाठनको लागि शिक्षक कर्मचारी दरवन्दी र भौतिक पूर्वाधारहरुको व्यवस्था गर्ने नीति पालिकाको छ । साथै उक्त बिद्यालयमा अनुमति लिएर प्राविधिक बिषयको पठनपाठन सुरु गर्ने योजना रहेको पालिका अध्यक्ष लामाले बताए ।

पालिका भित्रका बिभिन्न प्राकृतिक खानीहरु (सुन, तामा, सिसा, शिलाजित आदि) को खानी बिभागसँग समन्वय गरि सम्भाव्यता अध्ययन गरिने उनले जानकारी दिए । बाहिरबाट आउने मदिराभन्दा स्थानीय अन्न र फलफूलबाट उत्पादित लोकल मदिराको ब्राण्डिङ गरि स्थानीयको आयआर्जन गर्न नीतिगत पहल गरिने उनको भनाइ छ । उनका अनुसार याक, चौरी पालन व्यवसायलाई सहयोग गरिने छ । छुर्पी तथा चिज उत्पादन गर्न घरेलु उद्योग स्थापनाका लागि याक प्रवद्र्धन कार्यक्रम संचालन गरिने बताइएको छ । पालिकाभित्र रहेका गुम्वा र छोर्तेनलाई बौद्ध दर्शन तथा शिक्षाको केन्द्रको रुपमा प्रवद्र्धन गर्ने नीति पालिकाको छ ।

चुमलिङ बहुउदेश्यीय भवन, चुमलिङ बर्थिङ सेन्टर र छाक स्वास्थ्य चौकी भवन निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । दुर्घटना तथा प्राकृतिक विपत्तिबाट मृत्यु भएकाहरुको परिवारहरुलाई काजकिरिया खर्च उपलब्ध गराइने बताइएको छ । चुम र नुव्री तर्फको दुवै तिव्वत नाका खुलाई द्धिपक्षीय व्यापारमा सहजीकरण गर्न संघीय सरकारसँग कुटनीतिक पहलका लागी अनुरोध गर्ने अध्यक्ष लामाले बताए । उनका अनुसार लार्केपास गर्ने पर्यटकलाई लक्षित गरि प्राथमिक स्वास्थ्य उपचार उपलब्ध गराउन धर्मशालामा सिजनल हेल्थ क्लिनिक टिम खटाइने छ ।

सिर्दिवास, बिही, प्रोक, चुम्चेत, छेकम्पार र ल्हो मा स्याउ पकेट क्षेत्र संचालन गरि आवश्यक प्राविधिक तथा आर्थिक अनुदान उपलब्ध गराइने बताइएको छ । सो क्षेत्रमा उत्पादित स्याउलाई ‘मनास्लु स्याउ’ को रुपमा ब्राण्डिङ गर्ने नीति पालिकाले लिएको छ । फिलिम स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालमा स्तरोन्नती गर्ने र वेनिघाट–लार्के सडक निर्माणबाट प्रभावित हुने पदमार्गको बिकल्पमा बैकल्पिक पदमार्ग निर्माणको लागि आवश्यक प्रक्रिया अघि बढाइने बताइएको छ ।

पालिकालाई पर्यटकीय ग्रामको रुपमा बिकास गर्न पहल गरिने भनिएको छ । क्वानोइङ, काइकिङ, रक क्लाइम्बिङ, आइस क्लाइम्बिङ लगायतका साहसिक खेलहरुको सम्भाव्यता अध्ययन गर्ने कार्यको प्रक्रिया अगाडी बढाउने पालिकाको योजना छ । गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य अगाडी बढाइने बताइएको छ । फिलिममा बृहत्तर एकीकृत बिकास गुरुयोजना निर्माण गरिने भनिएको छ ।

देवल, लोक्पा लगायतका पहिरो बिस्थापित स्थानीयलाई आर्थिक तथा भौतिक रुपमा पुनः स्थापना गरि दैनिक जिविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउने बताइएको छ ।

शुक्रबार, असार १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.