Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा नगरभित्रका पर्यटकीय स्थलहरुको रुट सार्वजनिक

१६ असार, गोरखा । गोरखा नगर क्षेत्रभित्र रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय स्थलहरुको विवरण संकलन गरि रुट तय गरिएको छ । शुक्रवार एक कार्यक्रमकाबीच छनोट भएका स्थल र रुट सार्वजनिक गरिएको छ ।

Advertisement

छनोट भएका स्थलहरुलाई बिभिन्न ६ रुटमा बिभाजन गरिएको नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले बताए । उनका अनुसार रुट नम्वर १ मा रानीपोखरी, गोरखा दरवार, संग्रहालय, बिसे नगर्ची पार्क, तल्लो कोट, रामशाह चौतारा, कुइरेभिर भ्यू टावर, झाँक्री गुफा, रक गार्डेन, सरस्वती आश्रम लगायतका स्थललाई राखिएको छ । फूलपाती सेलाउने कुण्ड, चिल्ड्रेन पार्क, दुल देवता, द्रव्यशाह चौतारा, पश्चिमकाली मन्दिर, हिलेपोखरी लगायतका स्थललाई रुट नम्वर २ मा समावेश गरिएको छ ।

रुट नम्वर ३ मा सतिपिपल गुम्वा, बिन्ध्यवासिनी मन्दिर, भीमसेन पार्क, जर्नेल धारा, बेनिखोला ताल लगायतका स्थल रहेका छन् । झाँक्री गुफा, डेरागाउँ जामे मज्जिद, भुत्याहा छाँगो, अकला मन्दिर, ताप्लेकोट मन्दिर र देविस्थान मन्दिर रुट नम्वर ४ मा परेका छन् । आमडाँडा मन्दिर, योगी आश्रम, गोरखनाथ मन्दिर, बिरेडाँडा पार्क, बिरिमकाली मन्दिर, थुम्काचुली भ्यू टावर र लट्टेश्वर महादेव तथा महादेवटारी उद्यान रुट नम्वर ५ मा छन् ।

रुट नम्वर ६ मा महादेव मन्दिर, अकला मन्दिर बुढीकोट मन्दिर र रामशाह घाट रहेको ढकालले बताए । ‘हामीले संकलन गरेको स्थल र विवरणहरु सार्वजनिक गरेर शुक्रवार सरोकारवालासँग प्रारम्भिक चरणको छलफल ग¥यौ,’ उनले भने, ‘अव बिज्ञहरुसँग पनि छलफल गरेर राय सल्लाह लिन्छौ, अनि थप भेरिफाइ गर्छाै ।’

नगर क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागी पर्यटकीय स्थलहरुको रुट सहितको बुकलेट तयार गर्ने र पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थासँग समन्वय गरेर अघि बढ्ने योजना रहेको उनले जानकारी दिए । छनोट भएका पर्यटकीय स्थलमा ती स्थानहरुको विवरणसहितको होर्डिङ बोर्ड समेत राखिने बताइएको छ ।

आइतबार, असार १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.