Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा सडकका लागि संघीय सरकारबाट १ अर्व ६९ करोड विनियोजन

३ साउन, गोरखा । चालु आर्थिक बर्ष २०८१\८२ मा गोरखाको बिभिन्न सडकका लागि संघीय सरकारले १ अर्व ६९ करोड १९ लाख रकम विनियोजन गरेको छ । गोरखा सडक योजनाका लागि मात्रै १ अर्व १५ करोड ९६ लाख रकम विनियोजन भएको छ ।

Advertisement

११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडकका लागि २१ करोड २४ लाख रकम विनियोजन भएको कार्यालय प्रमुख अमिन्द्र खड्काले बताए । बेनिघाट आरुघाट लार्केभन्ज्याङ सडकका लागि ३० करोड रकम विनियोजन भएको उनले जानकारी दिए । ‘त्यो सडकका लागि भनेर हाम्रो कार्यालयलाई ३० करोड आयो,’ उनले भने, ‘नेपाली सेनालाई छुट्टै ७ करोड २३ लाख रकम विनियोजन भएको छ ।’

स्थानीय सडक पुल निर्माण अन्तरगत गोरखाको गण्डकी गाउँपालिका बुटार र चितवनको इच्छाकामना गाउँपालिका चुम्लिङटार जोड्ने त्रिशुली नदी माथिको मोटरेवल पुलका लागि २ करोड रकम विनियोजन भएको छ । रणनैतिक सडक पुल अन्तरगत अजुवा खोला पुलका लागि २५ लाख विनियोजन भएको बताइएको छ ।

बैकल्पिक सहायक राजमार्ग बिकास कार्यक्रम अन्तरगत ५४ वटा योजनामा ६२ करोड ४७ लाख रकम विनियोजन भएको कार्यालय प्रमुख खड्काले बताए । जसन अन्तरगत गोरखा बिमलनगर मौवाटार ठाटिपोखरी केरावारी दुधपोखरी सडकका लागि २ करोड ६९, धावा कोयाभन्ज्याङ भिमसेन थापा ४ र २ जोड्ने गोरखा सडकका लागि १ करोड २८ लाख, फलामे अवण्डा बिरुवाटार पालुङटार नगरपालिका–७ का लागि १ करोड, फिनामटार चैनपुर भच्चेक सडकका लागि १ करोड २८ लाख र सातदोवोटो जोगिडी बागडाँडा पन्थिनी गाईखुर सडकका लागि १ करोड विनियोजन भएको छ ।

रामशाहघाट मनकामना बजार जुम्ली चौतारा तिनमाने सडक र पालुङटार हर्मी छोप्राक गाँखु श्रीनाथकोट जौवारी मुच्चोक सिम्जुङ घ्याच्चोक बारपाक सडकका लागि १ करोड ६२ लाखका दरले रकम विनियोजन भएको छ ।

अजिरकोट सिरानडाँडा घ्याच्चोक धन्सिरा बारपाक लाप्राक सडक निर्माण, बुट्टार मकैसिङ साँधिखोला सडक स्तरोन्नती तथा कालोपत्रे, छेवेटार अमलापानी लामागाउँ वेनिखोला बेलौते जरेवर सडक, समिफेद डुम्रेडाँडा पाथिभरा अस्पताल आँपपिपल भन्ज्याङ मड्किलो कटहरे सडक र बेनिघाट धवादीघाट ज्यामिरेघाट फिस्लिङ हुदैँ बुट्टार रवर उद्योग सडकका लागि १÷१ करोड रकम विनियोजन भएको छ ।

यता ढोडेनी सौरपानी भण्डारी गाउँ सडक, कटहरे मड्किलो नर्सरी सिम्पानी बिमिरे सडक र आरुघाट आरुपोखरी देउराली ताकुकोट चनौटे जौवारी सडकका लागि १ करोड ६२ लाखका दरले रकम विनियोजन भएको छ । भी.सी. थमन मार्ग, झिंगटे अश्राङ बोर्लाङ आरुघाट सडक, आहालेभन्ज्याङ खान्चोक भन्ज्याङ कोया भन्ज्याङ सडक, कोयापानी ताराखसे सिमलफेद दुल्लभ मार्ग र भिमसेन थापा चक्रपथ सडकका लागि १ करोडका दरले रकम विनियोजन भएको छ ।

लक्ष्मीबजार लुदीखोला तिनमाने बतासे फुजेल भैरवस्थान दलभन्ज्याङ सानो दर्वुङ वेनिगाउँ सिउरेनीटार सडक, सिरानडाँडा सिस्ने अपुन सडक, ज्योती चौतारा बेल्वास चाप भन्ज्याङ आपपिपल अस्पताल सडक, चनौटे ताकु देउराली आरुपोखरी आरुघाट सडक, झ्याल्लाफाँट थानिथान मादले भच्चेक धादिगगैरा काफलडाँडा सडक, बिरेन्चोक बर्थाेक सुली देउराली कुरिनटार छापागाउँ सिर्दिखोला आल्पानी अमरिया रिप सडक, देउलीघाट रातमाटे मुलावारी तिलारम भन्ज्याङ कमल्तार भोतेकोटे ओप्री लुइटेल सडक र सिर्दिवास फिलिम चुम्चेत छेकम्पार ङुइला भन्ज्याङ सडकका लागि पनि १\१ करोड रकम विनियोजन भएको कार्यालयले जनाएको छ ।

यता एक करोड रकम विनियोजन भएका योजनाहरुमा सोती मान्वु काशिगाउँ केरौजा दोभान सडक, चारघरे लाजिकोट लुईटेल सडक, बारपाक लाप्राक गुम्दा माछिखोला सडक, बागडाँडा लाजिकोट लुईटेल भन्ज्याङ सडक नाङ्गे ठुलाखेत धावा ४ वडा कार्यालय सडक, छोटेटार रामपुर खाल्थोक सानो दर्वुङ ज्याजा लाङघालीचोक सडक र मझुवा याङ्कोट गोप्लिङ अकला मन्दिर धुवाकोट च्याङली नयाँ पुल सडक (कालोपत्रे) रहेका छन् ।

भण्डारथोक वयपानी केरावारी बुधसिंहटार खरिबोट हुदैँ दुधपोखरी सडकका लागि २ करोड ६९ लाख, बेनिघाट सिउरेनीटार दर्वुङफाँट ढाबे माझिटार घावेशी आरुघाट सडक स्तरोन्नतीका लागि १ करोड ७१ लाख र गण्डकी गाउँपालिका वडा नम्वर १ बुटार मकैसिङ ताङ्लीचोक सडक कालोपत्रेका लागि एक करोड रकम विनियोजन भएको बताइएको छ ।

‘बोक्सेखोला कटहरवारी अमराइ थुम्की सडक स्तरोन्नती, बञ्जाराचोक लप्सीचौर थामडाँडा उखुवारी ढाँड मध्यपहाडी राजमार्ग जोड्ने सडक, मगर गाउँ साख्रा रानीखेत डुम्रेडाँडा सडक भोटकाटे वेतिनी गाइखुर हात्तिगौडा सडक र तीनमानेबाट जुम्लीचौतारा तोरङ भातिचौर हुदैँ मनकामना मैदान सडक कालोपत्रेका लागि १\१ करोड रकम विनियोजन भएको छ,’ कार्यालय प्रमुख खड्काले भने ।

आँबुखैरेनी गोरखा सडक स्तरोन्नतीका लागि १ करोड ७१ लाख रकम विनियोजन भएको उनले जानकारी दिए । उनका अनुसार गोरखा क्याम्पस मान्द्रेढुंगा छेपेटार लामागाउँ वेनिखोला जरेवर सडक, देवालीघाट रातमाटे मुलावारी तिलारी भन्ज्याङ सेरा सडक, सिरानडाँडा सिस्ने अपुन ओलाङ सडक, बुटार मकैसिङ तानीचोक सडक (कालोपत्रे) र सिपाली बुढाखानी फोक्सिटार वनखुगोकुले भोर्लेनी महाभारत सडकका लागि पनि एक करोडका दरले रकम विनियोजन भएको छ ।

यता झिंगटे अस्लाङ बोर्लाङ घाटवेशी आरुघाट सडक, नाम्जुङ घैरुङ बतासे तिनमाने जोड्ने सडक र ढोडेनी सौरपानी भण्डारी गाउँ सडक कालोपत्रेका लागि पनि १\१ करोड रकम छुट्याइएको बताइएको छ । यता पन्थडिही कटहरे हर्मी साहिलटार सडक योजनाका लागि भने ४६ करोड रकम विनियोजन भएको बताइएको छ ।

बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.