Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

केवलकार बन्दले मनकामना मन्दिरमा ६० प्रतिशत भक्तजन घटे

"अधिकांश रेष्टुरेन्ट र लजहरु बन्द "

२८ साउन, गोरखा । मर्मत सम्भारका लागि भन्दै गत असार ३१ गतेदेखि मनकामना केवलकार बन्द छ । बन्दका कारण मन्दिर आउने भक्तजनको संख्या ह्वात्तै घटेको छ । तुलनात्मक रुपमा करिव ६० प्रतिशतले भक्तजन घटेको मनकामना मुल पुजारी इन्सान थापा मगरले बताए ।

Advertisement

‘यो बर्षाको समय अफसिजन भएकाले अन्य महिनाजस्तो भक्तजनको चाप त हुदैन,’ उनले भने, ‘तर पनि पोहोरको तुलनामा अहिले ६० प्रतिशतले भक्तजन घटेका छन् ।’ शनिवार बाहेक अन्य दिन दैनिक एक सय जना भक्तजन पुग्न पनि मुश्किल हुने गरेको उनले जानकारी दिए । उनका अनुसार शनिवार पनि दुई तीन सय जना मात्र भक्तजन हुने गरेका छन् । केवलकार खुलेको बेला यो सिजनमा कम्तिमा एक हजार भक्तजन आउने गरेको उनी बताउँछन् ।

भक्तजनको संख्यामा मात्र होइन केवलकार बन्दको प्रभाव मनकामना क्षेत्रको व्यापार व्यवसायमा पनि परेको छ । भक्तजन कम भएकै कारण अहिले अधिकांश रेष्टुरेष्ट तथा लजहरु बन्द छन् । ‘केवलकारको माथिल्लो चेरेसदेखि मन्दिरसम्म पुग्ने बाटोका करिव शत प्रतिशत होटलहरु बन्द छन्,’ गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाइका संस्थापक अध्यक्ष दिनेश जोशीले भने, ‘केवलकार बन्द भएपछि त्यो बाटो भक्तजन हिडेका छैनन्, त्यसमाथि पनि अहिले केवलकार नचलेपछि मन्दिरमा पनि खासै मान्छे देखिएको छैन ।’

अधिकांश व्यवसायी होटलको मर्मत संहारमा जुटेको उनले जानकारी दिए । मोटरबाटोबाट पुरानो बजार हुदैँ मन्दिर पुग्ने बाटोका केही पसलहरु भने खुल्ला रहेको उनले बताए । केवलकार बन्द भएकाले अहिले मन्दिर जाने भक्तजनले सडक मार्ग प्रयोग गरेका छन् । पक्की सडक नभएका कारण पनि मन्दिर आउने भक्तजनको कमी भएको जोशी बताउँछन् ।

‘रामशाहघाटको बाटो कालोपत्रेका लागि भनेर अहिले बन्द गरेको छ, मनकामना जाने अरु कच्चि सडकहरु पनि बर्षाले बिगारेको भएर भक्तजनहरु गाडी बाटो प्रयोग गर्न खासै मन्दिर जान खोज्दैनन्,’ उनले भने ।

भक्तजनको कमी भएसँगै व्यापार व्यवसाय ठप्प बनेको गोरखा उवासंघ मनकामना बजार इकाइका अध्यक्ष लिलाम्वर थापाले बताए । केवलकार बन्दको प्रभावले मनकामना क्षेत्र सुनसान बनेको उनले जानकारी दिए ।

 

 

मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.