Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

भीमसेन थापाको एक वडा एक उद्योग नीति : कतै कार्यान्वयन कतै अलपत्र

२९ साउन, गोरखा । भीमसेन थापा गाउँपालिकाले एक वडा एक उद्योग नीतिलाई कार्यान्वयनमा ल्याएको छ । गत आर्थिक बर्षदेखि कार्यान्वयनमा आएको उक्त नीति अनुसार वडागत रुपमा बिभिन्न उद्योगहरु संचालनमा छन् ।

Advertisement

वडा नम्वर १ मा झोल साबुन उत्पादन सुरु गरिएको छ । गत बर्ष तालिम लिएर ठुलो पधेरा आयआर्जन समूहले उत्पादन सुरु गरेको हो । उत्पादित झोल साबुन स्थानीय स्तरमै बिक्री वितरण गर्न थालिएको वडाध्यक्ष बिकास श्रेष्ठले बताए । ‘उत्पादन त सुरु भयो तर बजारको समस्या छ,’ उनले भने, ‘झोल साबुनको प्रयोग यसअघि नगरेको भएर होला स्थानीयले पनि लिन खासै चासो देखाउनु भाको छैन ।’

वडा नम्वर २ मा कफी उत्पादनको कार्यक्रम रहेपनि गत बर्ष कार्यान्वयनमा आउन सकेन । जमाइएको विरुवा सफल नभएका कारण कार्यान्वयनमा समस्या भएको वडा सचिव नविन लामिछानेले बताए । ‘बिरुवा जमाइयो तर सफल भएन,’ उनले भने, ‘विरुवा वितरण नभएपछि खेती हुन सकेन ।’ टनेल निर्माण गरेर आवश्यक औजार खरिद गरेर वडामा राखिएको बताउँदै उनले यो बर्ष विरुवा वितरण गर्ने र खेती सुरु हुने जानकारी गराए । ‘हामीकहाँ समूहभन्दा पनि इच्छुक किसानहरुले निवेदन दिनुभएको छ, सोही अनुसार विरुवा वितरण गर्छाै र उहाँहरुले खेती सुरु गर्नुहुन्छ,’ उनले भने ।

वडा नम्वर ३ मा भने यो कार्यक्रम अलपत्र छ । उक्त वडामा डल्ले साबुन बनाउने जिम्मा साहारा कृषि सहकारीले पाएको थियो । उनीहरुले तालिम समेत लिए तर तालिम पश्चात उनीहरु सम्पर्कमा नआएको वडाध्यक्ष ऋषिराम लामिछानेले बताए । ‘करिव २० जना तालिममा सहभागी भए । सबै सामग्री खरिद गरेर पनि ल्याइयो तर तालिम सकेपछि उनीहरु सम्पर्कमै आएनन्, अहिले सामान सबै वडा कार्यालयमा थन्किएर बसेको छ,’ उनले भने । वडा आफैले उक्त कार्यक्रम संचालन गर्छुभन्दा पालिकाले गर्न नदिएको उनले जानकारी गराए ।

वडा नम्वर ४ मा बेकरी उद्योग संचालन गरिएको छ । उत्कृष्ट बेकरी समूहले तालिम लिएरु दुनोट, पाउरोटी, केक जस्ता बेकरी आइटम उत्पादन थालेका छन् । उक्त उत्पादन स्थानीय स्तरमै बिक्री हुने गरेको वडाध्यक्ष धनबहादुर तामाङले बताए ।

वडा नम्वर ५ मा वेसार र अदुवाको धुलो बनाउने कार्यक्रम छ । तर कार्यान्वयनमा छ वा छैन भन्ने जानकारी छैन । यस बिषयमा बुझ्न खोज्दा वडाध्यक्ष र सचिव दुवै फोन सम्पर्कमा आउन चाहेनन् ।

वडा नम्वर ६ मा गार्मेन्ट उद्योग संचालनमा छ । ट्रयाक, टिसर्ट लगायतका कपडा उत्पादन गर्न थालिएको वडाध्यक्ष रञ्जन रिमालले बताए । उनका अनुसार गार्मेन्ट संचालनको जिम्मा चण्डेश्वरी महिला बचत तथा ऋण सहकारी संस्थाले पाएको छ । ‘हामीले एड्भान्स तालिम पनि दिइसक्यौ,’ उनले भने, ‘उत्पादन राम्रै हुन थालेको छ । उत्पादन भएको कपडा हामी स्थानीय कर्मचारीले खपत गर्ने गरेका छौ ।’

वडा नम्वर ७ मा ढाका उद्योग र माटोको भाडा उत्पादन सुरु भएको छ । सिमलटार जलबिरे टोल बिकास संस्थाले ढाका उद्योग संचालन गरेको छ भने ठुलोपोखरी टोल बिकास संस्थाले माटो भाडा उत्पादन सुरु गरेको छ । तालिम लिएरु ढाकाको साडी, चोलो, पछ्यौरा लगायतका लुगा उत्पादन थालिएको वडाध्यक्ष नारायण श्रेष्ठले बताए । ‘तालिम लिएर उत्पादन सुरु भएको हो,’ उनले भने, ‘त्यो उत्पादनलाई स्थानीय स्तरमै व्यवस्थापन गर्दै आएका छौ ।’

वडा नम्वर ८ मा दुना टपरी उद्योग संचालनमा छ । सृजनशिल बचत तथा ऋण सहकारी संस्थाले उक्त उद्योग संचालन गरेको हो । उद्योग संचालनका लागि ४० जनाले तालिम लिएका थिए । उत्पादित दुना टपरीको बजार व्यवस्थापनमा भने समस्या भएको वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठले बताए । ‘केही उत्पादन स्थानीय स्तरमै खपत भइरहेको छ, तर बजार पाइरहेको छैन,’ उनले भने, ‘पालिकामा प्लाष्टिक प्लेटहरु प्रतिवन्ध गर्न सके दुना टपरीले बजार पाउथ्यो ।’

स्थानीय उत्पादनमा आत्मनिर्भर बनाउँदै रोजगारको सृजना गरि आयआर्जनमा बृद्धि गर्ने उदेश्यले उक्त कार्यक्रम ल्याइएको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए । कार्यक्रम संचालनका लागि गत बर्ष प्रति वडा पाँच लाखका दरले रकम उपलब्ध गराइएको उनले जानकारी दिए । ‘वडा समितिले पहिचान गरेको सम्भावना र आवश्यकताका आधारमा कार्यक्रम वाँडफाँड गरेका हौ,’ उनले भने, ‘सामुदायिक संघसंस्था, सहकारी र महिला समूहको साझेदारीमा काम सुरु भएको हो ।’

आवश्यक तालिम र प्रविधि पालिकाले उपलब्ध गराएको उनले जानकारी दिए ।

वडागत रुपमा उत्पादित उपजको बजार व्यवस्थापनका लागि वगुवामा रहेको हाट बजार तथा संकलन केन्द्रलाई संचालन गर्ने तयारी भइरहेको पालिकाले जनाएको छ । ‘अहिले भर्खर सुरुवाती चरणमा छौ, अव उत्पादन बृद्धि हुदै गएपछि त्यसको बजार व्यवस्थापनमा पालिकाले आवश्यक सहयोग र समन्वय गर्छ,’ उनले भने ।

मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.