Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाको शहिद लखनमा शिक्षक दरवन्दी कटौती गर्दै बिद्यालयको तह घटाउँदै

१६ भदौ, गोरखा । शहिद लखन गाउँपालिकाले बिद्यार्थी संख्या कम भएका सामुदायिक बिद्यालयहरुमा शिक्षकको दरवन्दी कटौती गर्न थालेको छ । गत बर्षमात्रै सात वटा बिद्यालयबाट आठ जना शिक्षकको दरवन्दी कटौती गरिएको पालिकाको शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए । ‘बिद्यार्थी संख्या कम भएको बिद्यालयबाट दरवन्दी कटौती गरेर अन्य बिद्यालयमा सारेका छौ,’ उनले भने, ‘दरवन्दी कटौतीसँगै ती बिद्यालयको तह पनि घटाएका छौ ।’

Advertisement

उनका अनुसार गत बर्ष वडा नम्वर १ को महेन्द्र शक्ति माविमा संचालित ‘प्लस टु’ हटाइएको छ । सो बिद्यालयमा रहेको ‘प्लस टु’ को एउटा स्वीकृत दरवन्दी (शिक्षकको) पनि हटाएर वडा नम्वर ६ को बतासेस्थित भगवती हिमालय माविमा सारिएको छ ।

वडा नम्वर १ को लक्ष्मी प्राविमा पनि एउटा शिक्षक दरवन्दी कटौती भएको छ । बिद्यार्थी संख्या घट्दै गएपछि तीन कक्षासम्म संचालन हुदैँ आएको उक्त बिद्यालयको तह घटाएर हाल बाल बिकास कक्षासम्म मात्र संचालन गरिएको पालिकाले जनाएको छ ।

वडा नम्वर २ को बालज्योती प्रावि, वडा नम्वर ६ दार्चेको पिपलापोखरी आधारभूत बिद्यालय र अँधेरीको दुर्गा प्राविको पनि शिक्षक दरवन्दी कटौती गरिएको छ । एक÷एक वटा शिक्षक दरवन्दी कटौती गरी बिद्यालयको तह पनि घटाइएको शिक्षा शाखा प्रमुख खनालले बताए । ‘१ देखि ३ कक्षासम्म संचालन हुदैँ आएको थियो, बिद्यार्थी संख्या घट्दै गएपछि यो बर्ष बाल बिकास कक्षामा झारेका हौ,’ उनले भने ।

यता वडा नम्वर ६ को रानीस्वाँरास्थित जलकन्या प्रावि र मण्डली प्राविमा दुई÷दुई वटा शिक्षक दरवन्दी कटौती भएको छ । पाँच कक्षासम्म संचालन हुदैँ आएको उक्त बिद्यालयको तह घटाएर बाल बिकास कक्षामा झारिएको पालिकाले जनाएको छ । ‘पाँच कक्षासम्म संचालन हुदैँ आएपनि बिद्यार्थी घटेपछि केही बर्ष यता तीन कक्षासम्म मात्र संचालन हुदै आएका थिए,’ खनालले भने, ‘बिद्यार्थी नभएर अहिले दुवै बिद्यालयलाई बाल बिकास कक्षामा झा¥यौ ।’

बिद्यार्थी संख्या कम भएका बिद्यालयलाई दरवन्दी कटौती हुने अघिल्लो बर्ष नै जानकारी गराउने गरेको भन्दै उनले थपे, ‘हामीले एक्कासी दरवन्दी कटौती गरेर शिक्षकको तह घटाउने गरेका छैनौ । बिद्यार्थी संख्या कम भए कटौती गर्छाै है भनेर अघिल्लो बर्ष नै जानकारी गराएका हुन्छौ ।’

यो बर्ष वडा नम्वर १ को थानी आधारभूत बिद्यालय र वडा नम्वर ९ को कालिका अमरज्योती आधारभूत बिद्यालयको दरवन्दी कटौती हुन सक्ने संकेत बिद्यालयलाई दिइसकिएको उनले जानकारी गराए । बिद्यार्थी संख्याको आधारमा कटौती गर्ने नगर्ने निर्णय गरिने उनको भनाइ छ ।

आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.