Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

शिक्षक दरवन्दी कटौती गरेको बिरोधमा भीमसेनथापा गाउँपालिकामा तालावन्दी

१६ भदौ, गोरखा । बिद्यालयमा शिक्षक दरवन्दी कटौती गरेको बिरोधमा भीमसेनथापा गाउँपालिकाको कार्यालयमा तालावन्दी गरिएको छ । वडा नम्वर १ मसेलस्थित दुल्लभ माध्यमिक बिद्यालयको हाल भइरहेको बिज्ञान बिषयको मावि दरवन्दी कटौती गरेको भन्दै आइतवार अभिभावकहरुले तालावन्दी गरेका हुन् ।

Advertisement

उक्त दरवन्दीमा रही बिद्यालयका सहायक प्रधानाध्यापक राजु नेपालीले बिज्ञान बिषय पढाउँदै आएका थिए । बिद्यालयको आवश्यकता नबुझी पालिकाले मनपरि ढंगले दरवन्दी कटौती गरेका कारण तालावन्दी गर्नुपरेको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष रोशन गुरुङले बताए ।

‘बिद्यालयमा बिज्ञान बिषय पढाउने जम्मा दुई शिक्षक मात्र हुनुहुन्छ, फेरी बिद्यालयमा जम्मा दुई वटा मावि दरवन्दी छ,’ उनले भने, ‘बिद्यालयको आवश्यकता नबुझी त्यही जनशक्ति पनि कट्टा गरेपछि समस्या भयो ।’

बिद्यार्थी र अभिभावहरुको चाहनालाई समेत मध्यनजर गरि पालिकालाई दरवन्दी कटौती नगर्न भन्दै पटक पटक पत्राचार गरेपनि वेवास्ता गरेपछि बिरोधमा उत्रिन बाध्य भएको उनले जानकारी दिए । बिद्यालय प्रशासन र व्यवस्थापन समितिलाई समेत खवर नगरी दरवन्दी कटौती गरेको प्रति आपत्ति जनाउँदै उनले भने, ‘पालिकाको यो काम नियम सम्मत छैन, हाम्रो पटक पटकको मागलाई नजरअन्दाज गरिएको छ ।’

यही बिषयमा छलफल गर्न आइतवार पालिकाको कार्यालय जाँदा अध्यक्ष, उपाध्यक्ष र कार्यकारी लगायत अन्य कोही उपस्थित नभएपछि बाध्यताले तालावन्दी गर्नुपरेको गुरुङको भनाइ छ ।

पालिका शिक्षा शाखा प्रमुख यानबहादुर नेपालीले यस विषयमा छलफल भईरहेको बताए । छलफलका लागि आफूहरु तयार रहेको भन्दै उनले अभिभावकहरुको माग सम्बोधन हुने आश्वासन दिए ।

आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.