Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

लौठसल्ला र चिउरी संरक्षणमा जुट्यो वन कार्यालय

२८ भदौ, गोरखा । डिभिजन वन कार्यालय गोरखाले लौठसल्ला र चिउरीको बोटलाई संरक्षण गर्न सुरु गरेको छ । प्राकृतिक वासस्थानमै बोटहरु जोगाउने उदेश्य सहित संरक्षण अभियान संचालन गरिएको कार्यालय प्रमुख मदन मोहन शाण्डिल्यले बताए ।

Advertisement

‘जलवायु परिवर्तन लगायत प्राकृतिक तथा मानविय कारणले यी प्रजातीका रुखहरु लोपन्मुख हुने खतरा बढ्दो छ,’ उनले भने, ‘यी प्रजातिको स्वस्थानीय संरक्षण गर्दै बिउ वगैचाहरुको स्थापनामा जोड दिन थालेका छौ ।’

गत बर्ष धार्चे गाउँपालिका–५ सिङ्लाको नाङस्याङ सामुदायिक वनको करिव दुई हेक्टर क्षेत्रफलमा रहेको लौठसल्लाका बोटहरुलाई ट्यागिङ गर्दै घेरावार गरिएको उनले जानकारी दिए । ‘मान्छेले जथाभावी रुख नकाटुन् भनेर ट्यागिङ गरेका हौ, करिव ५० वटा बोटमा ट्याग लगाएका छौ,’ उनले भने । कुल सात लाख खर्चेर उक्त काम गरिएको उनले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा मरेका विरुवाहरुको ठाउँमा नयाँ बिरुवा पनि रोपिएको छ ।

यता चिउरी संरक्षण अभियान अन्तरगत गण्डकी गाउँपालिका–१ मा रहेको पिपलडाँडा र पाँचभाई चिउरी कवुलियती वनमा रहेको चिउरीका बोटहरुलाई पनि ट्यागिङ गर्दै तारवारले संरक्षण गरिएको कार्यालयले जनाएको छ । करिव एक सय ६० वटा रुखमा ट्यागिङ गरिएको बताइएको छ । कार्यालयका अनुसार उक्त योजनाका लागि गत बर्ष करिव चार लाख रकम विनियोजन भएको थियो ।

करिव दुई हेक्टर क्षेत्रफलमा रहेको चिउरीको नर्सरी पनि उत्पादन गर्ने तयारी भइरहेको कार्यालय प्रमुख शाण्डिल्यले बताए । बिउ संकलनका लागि पनि बोटहरु संरक्षण गर्न थालिएको उनको भनाइ छ ।

कार्यालयका अनुसार लौठसल्लालाई बहुमूल्य प्रजातिको रुपमा लिइन्छ । नेपालमा पाइने तीन प्रजातिका लौठसल्लामध्ये गोरखामा वालिचेना प्रजाती मात्र पाइने बताइएको छ ।

यता बहुउपयोगी रुपमा लिइने चिउरीलाई जडिवुटीको रुपमा पनि प्रयोग गरिने कार्यालयले जनाएको छ ।

शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.