Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

धार्चोमा जुवातास खेल्नेलाई कारवाही गरे वापत उठेको रकमले चौतारा निर्माण

५ असोज, गोरखा । गाउँमा जुवातास नियन्त्रणको अभियान संचालन गरिरहेको धार्चे गाउँपालिका–४ लाप्राकको हिमाली आमा समूहले चौतारा निर्माण गरेको छ । जुवातास खेल्नेहरुलाई कारवाही गरी संकलन भएको रकमले चौतारा निर्माण गरिएको समूहकी अध्यक्ष स्मृति गुरुङले बताइन् ।

Advertisement

उनका अनुसार लाप्राकको पुरानो गाउँ नजिकै रहेको बसपार्कमा चौतारा निर्माण गरिएको छ । ‘दशै आउन लाग्यो, गाडीबाट ल्याएको सामान यहीबाट ओसार पसार हुन्छ,’ उनले भनिन्, ‘तर यहाँ भारी बिसाउने, सामान मिलाउने ठाउँ थिएन, त्यसकै सजिलाका लागि चौतारा बनाएका हौ ।’

चौतारा निर्माणका लागि गत बर्ष देउसी भैलो संकलित रकम पनि प्रयोग गरिएको उनको भनाइ छ । गाउँमा जुवातास नियन्त्रणका लागि भन्दै समूहले गाउँमा गस्ती समेत गर्दै आएको छ । जुवातास खेलेको पाइएमा प्रति व्यक्ति तीन हजारका दरले जरिवाना रकम लिने गरेको समूह अध्यक्ष गुरुङले बताइन् ।

लाप्राकमा यही साउनदेखि आमा समूहहरु दैनिक रुपमा घरघरमै गस्ती गर्दै हिँडेका छन् । समूहका सदस्यहरुलाई टोलीमा विभाजन गरी एउटा टोलीको हप्तामा एकपटक पालो आउने गरी गस्ती लगाइएको समूहकी अध्यक्ष गुरुङ बताउँछिन् । ‘साउन ३ गतेबाट सूचना जारी गरेर गस्ती लगाउन सुरु गरेका हौँ’, उनले भनिन्, ‘समूहका सदस्यहरुको घरयासी कामलाई असर नपार्ने हिसावले सल्लाह अनुसार टोली बिभाजन गरेर काम गरिरहेका छौँ ।’

आमा समूहले जुवातास खेल्दै गरेको भेटेमा घरबेटी सहित जुवाडे र च्याखे थाप्नेहरुलाई जरिवाना र कारबाहीको व्यवस्था मिलाइएको उनले बताइन् ।

शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.